विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल आयल निगममा विभिन्न तहमा रोजगारी खुलेको छ । निगमले रिक्त स्थानमा लोकसेवा आयोगले लिने खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन खुलाएको हो ।

 

कम्पनीले ४ तहदेखि ६ तहसम्मका लागि १७ जना कर्मचारी माग गरेको हो । निगमले तह ६ मा अन्तर्गत ७ जना सहायक प्रबन्धक माग गरेको छ । तह ५ अन्तर्गत ३ जना बरिष्ठ सहायक र तह ४ अन्तर्गत एक जना मेकानिकल मिस्त्री माग गरेको छ । निगमले तह बिहिनमा १ जना टेक्निसियन र १ जना बाउजर अपरेटर माग गरेको छ ।

आन्तरिक प्रतियोगिताबाट ५ देखि १० तहको २५ रिक्त पदपूर्तिका लागि आवेदन खुलाइएको निगमले जनाएको छ । निगमका अनुसार १० तहका एक जना निर्देशकको लागि आवेदन खुलाइएको छ ।

९ तहका लागि ४ जना कर्मचारी माग गरिएको छ । प्रशासनका लागि २ जना र लेखा र इन्डस्ट्रियलका लागि एक/एक जना उपनिर्देशक माग गरिएको छ । ८ तहको ७ जना प्रबन्धकको रिक्त पदपूर्ति गर्न आवेदन माग गरिएको छ । प्रशासन, कम्पनी सचिव, लेखा, सिए, कम्प्युटर, मेकानिकल र सिभिल तर्फको पदपूर्ति गर्न आवेदन मागिएको छ ।

उपप्रबन्धको रिक्त पदपूर्ति गर्न ८ कर्मचारी माग गरिएको छ । निगमले प्रशासन तर्फका लागि ३, लेखाका लागि २ र मेकानिकल, सिभिल र ल्यापका लागि एक/एक कर्मचारी माग गरेको छ । यस्तै, ६ तहको प्रशासन र लेखाको २ जनाको पदपूर्ति गर्न आवेदन खुलाइएको छ ।

यस्तै ५ तहका लागि ३ जनाको पदपूर्ति गर्न आवेदन खुलाइएको छ । साथै, निगमले ५२ जनाको  ज्येष्ठता र कार्य सम्पादनको आधारमा बढुवा गर्ने भएको छ । ५ देखि ११ तहका रिक्त पद बढुवा गरेर पूर्ति भएको हो ।

योग्य इच्छुक व्यक्तिले सूचना जारी भएको मितिले २१ दिन (आगामी साउन १९ गते) भित्र आवेदन दिइसक्नु पर्नेछ । आवेदकले बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित https://jobs.noc.org.np/Internal मा गएर दरखास्त आवेदन पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३