काठमाडौं । ट्याक (टिएसी) हाइड्रो कन्सल्टेन्सी प्रालिले भूवैज्ञानिक इन्जिनियर माग गरेको छ । कम्पनीले निर्माणाधीन र निर्माणका चरणमा रहेका जलविद्युत र सिँचाइ आयोजनाका लागि कर्मचारी माग गरेको हो ।
आयोजनाको विकास, डिजाइन र पर्यवेक्षणका लागि भुवैज्ञानिक इन्जिनियर माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सम्बन्धीत विषयमा स्नाकोत्तर तह उतिर्ण गरी कम्तीमा पनि ३ वर्ष काम गरेको अनुभव भएकोले आवेदन दिन सकिनेछ ।
इच्छुक व्यक्तिले चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित आवेदन दिन सकिनेछ ।