विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३ देखि १० तहसम्मका कर्मचारीको माग गरेको छ । प्राधिकरणले ४०० भन्दा बढी कर्मचारी माग गरेको हो ।

सह-निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका ४०९ कर्मचारीको माग गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार अधिकृतस्तरका लागि सहनिर्देशक, प्रबन्धक, उप-प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर र सर्भे इन्जिनियरको माग गरेको हो ।

यसैगरी, सहायक स्तरका लागि मिटर रिडिङ सुपरभाइजर, लेखापाल, इलेक्ट्रिक समूहका लागि सुपरभाइजर, मेकानिकल समूहका लागि सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन तथा जुनियर मिस्त्री लगायतका कर्मचारीको माग गरेको प्राधिकरणले जानकारी दिएको छ ।

आवेदकले मंसिर १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रलगायत अन्य आवश्यक कागजातहरू बुझाउनु पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३