विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । सुन्दर अटो इन्जिनियरिङ प्रालिले विद्युतीय मोटरसाइकल सञ्चालनमा ल्याएकाे छ । काठमाडाैंमा आयाेजित एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले माेटर सञ्चालनकाे उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री बस्नेतले सरकारले विद्युतीय साधनको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताए । ‘ऊर्जामा सबैको पहुँच र ऊर्जा सुरक्षालाई सुनिश्चित गर्ने कुरामा, जलस्रोतमा आधारित ऊर्जाबाट मुलुकको समृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले यसलाई व्यापक बनाउने सरकारको प्राथमिकताको विषय हो,' मन्त्री बस्नेतले भने, 'सरकारले विद्युतीय साधनको प्रयोगलाई पनि प्राथमिकतामा राखेको छ ।’

पेट्रोलियम सवारीलाई विद्युतीय बनाउने प्रयासले नेपाल र नेपाली दुवैले फाइदा लिन सक्ने भन्दै काठमाडौं लगायत अन्य क्षेत्रमा ट्रली बस सञ्चालनका लागि सरकार सक्रिय रहेको पनि उनले बताए । यस्तै, मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले सुन्दर अटोले नेपालमै इलेक्ट्रिक मोटरसाइकलको उत्पादन गरेर ऊर्जा आयातलाई क्रमशः कम गराउँदै लैजाने कार्यमा सघाउ पुर्‍याउन भूमिका खेलेको बताए ।

'सरकारले समेत आगामी दिनमा चार्जिङ स्टेशन निर्माणदेखि अन्य विभिन्न समस्याहरूलाई समाधान गर्न निरन्तर सहयोग गर्नेछ,' उनले भने, 'सरकारको नीतिअनुसार निजी क्षेत्रबाट विभिन्न समस्याका बाबजुद पनि विद्युतीय सवारीहरूको सञ्चालन, उत्पादनमा संलग्न हुनु कम्पनीकाे उदाहरणीय कार्य हाे ।'

कार्यक्रममा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले नेपालमा विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर कार्य गरिदिन मन्त्री बस्नेत तथा सचिव घिमिरेलाई आग्रह गरे । सुन्दर अटोले विद्युतीय सवारी उत्पादन तथा बाइकको नामाकरण, कम्पनीको नामाकरण लगायतका कार्यक्रममा भूमिका खेलेको भन्दै विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३