विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष (आव) भित्र विद्युत् उत्पादन जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा आव २०८१/८२ को नीति तथा कार्यक्रम पेस गर्दै उक्त घोषणा गरेका हुन् ।

सरकारको घोषणा अनुसार आगामी आवभित्र प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घन्टा (युनिट) पुर्‍याइने भएको छ । अहिलेसम्म विद्युत् उत्पादन जडित क्षमता ३ हजार मेगावाट हाराहारी पुगेको छ भने प्रतिव्यक्ति विद्युत् खपत ३८४ किलोवाट घन्टा छ ।

सरकारले सौर्य ऊर्जाको समेत विद्युत् खरिद सम्झौता (पिपिए) गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयन गर्ने घोषणा गरेको छ । यस्तै, बूढीगण्डकी र नलसिंगाड जलविद्युत् आयोजना निर्माण अगाडि बढाउने घोषणा गरिएको छ ।

यसैगरी, दूधकोशी जलाशय आयोजना निर्माण पूर्वका कार्य सम्पन्न गर्ने, माथिल्लो अरुण, फुकोट कर्णाली, तामाकोशी–५, जगदुल्ला र चैनपुर सेतीको वित्तीय व्यवस्थापनसहित कार्यन्वयन सुरु गर्ने घोषणा गरिएको छ । उता, घुन्सा र सिम्बुवा खोला रेमिट हाइड्रोको अवधारणामा अगाडि बढाउने तथा १०,८०० मेगावाटको कर्णाली चिसापानीको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रसारण लाइनतर्फ हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण आगामी आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै, बूढीगण्डकी करिडोर प्रसारण लाइन निमार्ण सुरु गर्ने तथा न्यू बुटवल–गोरखपुर प्रसारण लाइन निर्माण कार्य अगाडि बढाउने घोषणा गरिएको छ ।

इनरुवा–पुर्णिमा र दोदोधारा–बरेली अन्तरदेशीय प्रसारण लाइनको लगानी विधि तयार गरी निमार्ण सुरु गर्ने घोषणा पनि गरिएको छ । राष्ट्रिय विद्युत् प्रणालीमा नजोडिएका र विद्युत् पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत्, सौर्य एवम् वायु ऊर्जामार्फत् विद्युतीकरण गर्ने तथा आगामी आवभित्र कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा विद्युतीकरण गर्ने घोषणामा उल्लेख छ ।

आगामी वर्षको कार्यक्रममा विद्युत् वितरण सबस्टेसनलाई स्वचालित बनाइने र स्थानीय तहसँगको समन्वयमा स्मार्ट मिटर वितरण गरिने घोषणा छ । सिँचाइ, कृषि र कृषिमा आधारित उद्योगले खपत गर्ने विद्युत्मा सहुलियत प्रदान गरिने भएको छ ।

परम्परागत ऊर्जा र एलपी ग्यासलाई प्रतिस्थापन गर्न बायोग्यास, विद्युतीय चुलो, सुधारिएको चुलो लगायत स्वच्छ एवम् किफायती प्रविधिको प्रवद्र्धन तथा विस्तार गरिने समेत कार्यक्रममा घोषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३