विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २३३९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४६९ मे.वा.घन्टा
  • आयात : १०२५० मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : ११०० मे.वा.घन्टा
  • ऊर्जा माग : २७६४२ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६१९ मे.वा.
२०७९ चैत ७, मङ्गलबार
×
जलविद्युत सोलार ई-पेपर वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ऊर्जा दक्षता

काठमाडौं । सर्वसाधारणले सानिमा मिडिल तमोर हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणका लागि फागुन २६ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो । 

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन तथा बाँडफाँड गरी बाँकी रहेको ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता सेयर साधारण सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणले न्यूनतम १० कित्ता अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन । 

कम्पनीको सेयर निष्कासन तथा बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन  तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit