विद्युत अपडेट

  • प्राधिकरण : ६१९१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३३९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १६१५७ मे.वा.घन्टा
  • आयात : ९७३३ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : १८७० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२९१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १८१३ मे.वा.
२०८२ ब‌ैशाख २४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले नुवाकोटमा निर्माणाधीन ४.९९३ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाको स्थानीय बासिन्दाका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित ४ करोड रुपैया बराबरको ४ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्थानीयले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा भदौ १४ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

स्थानीयले नुवाकोट जिल्लामा रहेको ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फतबाट पनि सेयर भर्न सक्नेछन् । निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट आगामी चैत्रभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३