काठमाडाैं । ठूलो खोला हाइड्रो पावर लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयाेजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएकाे साधारण सेयर निष्कासन गर्न लागेकाे हाे ।
कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिटिजन्स क्यापिटल लिमिटेडलाइ बिक्री प्रबन्धक नियुक्त गरेकाे छ । उक्त सम्झौतामा कम्पनीका तर्फबाट सञ्चालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
कम्पनीले अहिले २२.५ मेगावाटकाे माथिल्लो ठूलाखोला-ए जलविद्युत आयोजना निर्माण गरिरहेकाे छ ।