विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी क्षेत्रले दोलखामा निर्माण गरिरहेको ४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत आयोजनाको काम ५० प्रतिशत बढी सकिएको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण सुरु गरेको आयोजनाको भौतिक प्रगति डेढवर्षमा आधा भन्दा बढी भएको हो ।

आयोजनाको सबैभन्दा जटिल रहेको सुरुङ निर्माणको काम पनि ५० प्रतिशत बढी सकिएको कम्पनीले जनाएको छ । मुहानमा नदी फर्काउने बाँधको काम समेत तिव्र गतिमा भइरहेको छ । अहिले आयोजनाको बाँध, सुरुङ, विद्युतगृहलगायत सबै क्षेत्रको काम समान रुपले अघि बढेको आयोजनाका साइट इन्जिनियर योगेन्द्र थापाले बताए ।

आयोजनाको मुख्य सुरुङ र विभिन्न स्थानका सहायक सुरुङसहित ८३२३ मिटर पानीमार्ग निर्माण गर्नुपर्छ । त्यसमध्ये मुख्य पानी बग्ने सुरुङ, सार्ज साफ्ट, ठाडो सुरुङ र काम गर्न जाने सहायक सुरुङको ४३३५ मिटर पूरा भएको थापाले बताए । पेनस्टक पाइपका लागि पाता ल्याएर साइटमै निर्माणको तयारी भइरहेका छ ।

अहिले ६० मेगावाटको खिम्ती-१ जलविद्युत केन्द्रको बाँधभन्दा ३०० मिटर माथि विद्युतगृहका लागि जग खन्ने काम भइरहेको छ । अब खिम्ती खोला किनारमा विद्युतगृह समेत निर्माण सुरु भएको छ ।

आयोजनाको काम सबै पूरा गरी दुईवर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत किर्ने सबस्टेसनमा जोडिनेछ ।

आयोजना सम्पन्न गर्न ८ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा अन्य ९ बैंकले ऋण लगानी गरेका छन् । आयोजना सम्पन्न भई आउँदा वार्षिक २६ करोड युनिट विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन साढे ४ करोड युनिट र बर्खाको उत्पादन साढे २१ करोड युनिट उत्पादन हुनेछ ।

दोलखाको जिरी नगरपालिका जिरीसिक्री दोभानबाट खोला फर्काएर खिम्ती-१ जलविद्युत आयोजनाभन्दा ३०० मिटर माथि तामाकोसी गाउँपालिका वडा नम्बर ७ मा विद्युतगृह बनाइ विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ, विद्युतगृह दोलखाको जिरी नगरपालिका वडा नम्बर ८, ९ र तामाकोसी गाउँपालिका वडा नम्बर ७ मा रहनेछ ।

कम्पनीले सुरुवातमा यो आयोजना ३ वर्षमा सम्पन्न गर्ने गरी इपिसिएफ (इन्जिनियरिङ, खरिद, निर्माण तथा वित्तीय व्यवस्थापन) मोडलमा निर्माण गर्न चीनको च्वङक्विङ वाटर टर्बाइन वर्क (सिडब्ल्युटिडब्ल्यु) कम्पनीलाई जिम्मा दिएको थियो । सबै प्रक्रिया पूरा गरी आयोजनाको काम थाल्ने समयमा कोरोना (कोभिड–१९) महामारी सुरु भएकाले चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार चीनबाट नेपाल आउन नसकेपछि कम्पनीले नेपालकै हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरी सिभिलको काम अघि बढाएको हो ।

अहिले नेपाली कम्पनीले नै सबै काम गर्दै आएको छ । आयोजनामा २०० बढी मजदुरले दैनिक काम गर्दै आएका छन् । हाइ हिमालका स्वास्थ्य तथा सुरक्षा अधिकृत पुरुषोत्तम पोखरेलले आयोजनामा ७० प्रतिशत बढी स्थानीय कामदार रहेको बताए । स्थानीय स्तरमा नपाउने दक्ष कामदार मात्र बाहिरबाट ल्याउने र मजदुरका स्वास्थ्य र सुरक्षाका लागि समेत निर्माण कम्पनीले छुट्टै युनिट बनाएर काम गरिरहेको उनले बताए ।

आयोजनाले स्थानीयस्तरमा लगानीको अवसरसँगै रोजगारी, सडक, पुल, विद्यालय लगायतका स्थानीय सामाजिक विकासमा पनि सहयोग गरेको छ । दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोलामा निर्माणाधिन जलविद्युत आयोजनामा स्थानीयहरू समेतको संस्थापक लगानी छ । आयोजनाले सीप अनुसारको स्थानीयलाई पनि रोजगारीमा प्राथमिकता दिएको छ । २२ वर्ष अघि नै ६० मेगावाटको निजी क्षेत्रकै ठूलो खिम्ती–१ जलविद्युत आयोजना निर्माण भएर सञ्चालनमा आएको दोलखामा त्यसैको केही माथि खिम्ती–२ निर्माण भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit