विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६६ केभी पाटन–स्युचाटार प्रसारण लाइन (सर्किट–१) बन्द (सटडाउन) गरेको छ । प्राधिकरण पाटन–स्युचाटार खण्डको पुुरानो तथा जिर्ण कण्डक्टर बदली कार्य गर्नका लागि लाइन बन्द गरेको हो ।

मंगलबार (आज) बिहान ७ बजेदेखि लाइन बन्द गरी पुरानो र जिर्ण कन्डक्टर बदलीको काम सुरु गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार  प्रसारण लाइनको मर्मत तथा स्तरोन्नति गर्न असोज २८ गतेसम्म लाग्नेछ । प्रसारण लाइनको मर्मत तथा स्तरोन्नति  गर्ने अवधिभर दैनिक १२ घन्टा प्रसारण लाइन बन्द हुनेछ ।

प्रसारण लाइन अवरुद्ध हुँदा ६६ केभी पाटन, टेकु र स्युचाटार सबस्टेसनबाट वितरण हुने विद्युत सेवा प्रभावित हुने भएको छ । यो अवधिमा दुवै सबस्टेसनका ११ केभी फिडरको विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

वर्षाका कारण प्रसारण लाइनको मर्मत तथा स्तरोन्न्ति कार्य प्रभावित भएमा यो अवधि लम्बिने पनि प्राधिकरणले जानकारी दिएको छ । आगामी असोज २८ गतेसम्म बिहान ७ बजेदेखि अवरुद्ध भएको प्रसारण लाइन दैनिक ७ बजे सूचारु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit