विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं । चिसो कम हुँदै गएपछि देशभरको विद्युतको उच्च माग पनि घट्न थालेको छ । मध्य मंसिरबाट उकालो लागेको विद्युतको उच्च माग माघ अन्तिम साताबाट क्रमशः घट्न थालेको हो ।

जाडो कम हुँदै गएकाले विद्युतीय उपकरणको उपयोग कम हुन थालेपछि बिहान र साँझको विद्युतको उच्च माग पनि घटिरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो वर्ष उच्च माग १४ सय ७५ मेगावाटसम्म पुगेकोमा शनिबार १२ सय ५२ मेगावाटमा झरेको छ । शुक्रबारकाे उच्च माग १३ सय १२ मेगावाट थियाे । बिहीबारको माग १३ सय ८८ मेगावाट थियाे । 

चिसो कम भई एसी, हिटरलगायत विद्युतीय उपकरण चलाउने क्रम विस्तारै घट्दै गएकाले खपत पनि घटिरहेको प्राधिकरणले स्पष्ट पारेको छ । विद्युतीय उपकरण नचल्दा अहिले २ सय मेगावाटभन्दा बढी माग घटिसकेको छ ।

यो वर्ष गत माघ २१ गते सबैभन्दा बढी १४ सय ७५ मेगावाट विद्युत खपत भएको छ । त्यस यताको उच्च माग भने क्रमशः घट्दै गएको छ । शनिबारको माग माघ २१ गतेकोभन्दा २ सय २३ मेगावाट कम हो ।

विद्युत खपत क्रमशः घट्न थाले पनि भारतबाट हुने विद्युत आयात परिमाण भने बढेको छ । नदी खोलामा पानीको सहत कम भई विद्युत उत्पादन घटेकाले आयात बढेको हो । प्राधिकरणले पुस यता मात्रै करिब २ अर्ब ७५ करोड रुपैयाँको विद्युत भारतका विभिन्न विन्दुबाट आयात गरेको छ । प्राधिकरणले यो वर्ष सबैभन्दा बढी गत माघ १६ गते भारतबाट ७ सय १५ मेगावाट विद्युत आयात गरेको थियो । 

अहिले प्राधिकरणको उत्पादन ४ सय ८० मेगावाटमा झरेको छ । प्राधिकरणले माग र आपूर्ति व्यवस्थापन गर्न आवश्यकताअनुसार कुलेखानी जलाशय २४ घन्टा सञ्चालन गरिरहेको छ । अर्ध जलाशय जलविद्युतगृह पनि बिहान र साँझको समयमा पूर्ण क्षमतामा चलाएको छ । 

निजी क्षेत्रको उत्पादन घटेर २ सय ३३ मेगावाटमा झरेको छ । हिउँदमा आन्तरिक उत्पादन घट्नु तथा २ सय मेगावाट हाराहारीमा विद्युतको माग घढ्नुले भारतमाथिको निर्भरतालाई बढाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit