विद्युत अपडेट

  • प्राधिकरण : ९१६० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३१९२ मे.वा.घन्टा
  • आयात : ५१४१ मे.वा.घन्टा
  • निर्यात : १८२२ मे.वा.घन्टा
  • ट्रिपिङ : २१५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ४८२०३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४८० मे.वा.
२०८२ जेठ २७, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले आजका लागि आयोजना गरेको २७ औँ वार्षिकोत्सव सम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको छ । पश्चिम नेपालको जाजरकोटलगायत क्षेत्रमा ठूलो धनजनको क्षति हुने गरी आएको भूकम्पले देशलाई नै संकटको घडीमा पुर्याएको अवस्थाले वार्षिक उत्सव मनाउन आयोजना गरिएको समारोह स्थगित गरिएको एइपिसीले एक सूचना जारी गरी जनाएको छ ।  

जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर गएराती ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी जाजरकोट र रुकुम (पश्चिम) मा धनजनको ठूलो क्षति भएको छ । 

‘संकटको यो घडीमा सबैले खोज, उद्दार र राहतमा केन्द्रित हुनुपर्ने अवस्था आएको छ,’ एइपिसीले सूचनामा भनेको छ, ‘यस कारण आयोजना गरिएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २७ औं वार्षिकोत्सव समारोह स्थगित गरिएको छ ।’

वार्षिकोत्सवका अवससरमा एइपिसीले शुक्रबार एक राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । शनिबार भने एइपिसीको केन्द्रीय कार्यालयमा रक्तदानसहितको वार्षिकोत्सव समारोहको आयोजना गर्ने भएको थियो । वार्षिकोत्सव समारोहको नयाँ मिति र समय पछि जानकारी गराइने पनि सूचनामा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३