विद्युत अपडेट

  • प्राधिकरण : ६८९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४१५० मे.वा.घन्टा
  • निजी क्षेत्र : १२३४२ मे.वा.घन्टा
  • आयात : १३२५१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २४०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९०३५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०१ मे.वा.
२०८१ चैत २३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत नियमन आयोगको रिक्त १ जना सदस्य पदका लागि पुनः आवेदन मागिएको छ । रिक्त पदपूर्तिका लागि गत असोज २१ गते गरिएको आह्वानपछि आवेदन दिएका कुनै पनि उम्मेदवारको योग्यता नपुगेका कारण दोस्रो पटक प्रतिस्पर्धाका लागि आवेदन मागिएको हो ।

विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ मा भएको व्यवस्था बमोजिम आवेदन दिएका कुनै प्रतिस्पर्धीको आवश्यक योग्यता नपुगेकाले फेरि सार्वजनिक सूचना जारी गरी रिक्त पदमा आवेदन मागेको आयोगको सदस्य नियुक्ति सिफारिस समितिले जनाएको छ । 

समितिका अनुसार ऐनमा भएको व्यवस्था बमोजिमको योग्यता पुगेका इच्छुक व्यक्तिले रिक्त पदमा प्रतिस्पर्धा गर्न पुस २१ गतेसम्म आवेदन दिन पाउने छन् । अघिल्लो पटकको प्रतिस्पर्धा आह्वानमा रिक्त पदपूर्तिका लागि ४ जनाले आवेदन परेको थियो ।  

आवेदन दिने मध्ये २ जना ऐनमा भएको व्यवस्था बमोजिम न्यूनतम योग्यता र कार्यानुभव नपुगेपछि प्रतिस्पर्धाबाट बाहिरिएका थिए । बाँकी रहेका २ जना आवेदकको आवेदन पनि कार्ययोजना मूल्यांकनका क्रममा तोकिएको मापदण्ड बमोजिम नभएपछि फेरि प्रतिस्पर्धा आह्वान गर्ने प्रक्रियामा समिति गएको हो ।

विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची–१ मा भएको व्यवस्था बमोजिम प्रतिस्र्धाका लागि योग्य इच्छुक व्यक्तिले आवेदनको साथमा व्यक्तिगत विवरण, नोटरी पब्लिकबाट प्रमाणित शैशिक योग्यताको प्रमाणपत्रको प्रति, कार्यानुभवसम्बन्धी कागजात पेश गर्नुपर्नेछ । 

प्रतिस्पर्धामा सहभागी हुन इच्छुक योग्य व्यक्तिले आवेदनको साथमा आवश्यक कागजातहरू ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा रहेको सिफारिस समितिको सचिवालयमा पेश गर्नुपर्ने सूचनामा भनिएको छ । आयोगको सदस्य पदबाट रामकृष्ण खतिवडाले राजिनामा दिएपछि उक्त पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३