विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सानिमा बैंक लिमिटेडको अगुवाईमा ६ वटा वाणिज्य बैंकले लगानी गर्ने गरी ५८.५ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी व्यवस्थापन (सिन्डिकेटेड लोन एग्रिमेन्ट) गरिएको छ । ३७.५ मेगावाटको तमोर–५ र २१ मेगावाटको पालुन खोलामा सानिमा सहित नेपाल बैंक, कृषि विकास, एनसिसी, कुमारी र सिद्धार्थ बैंक लिमिटेडले लगानी गर्ने टुंगो लागेको छ ।

ताप्लेजुङमा निर्माण हुने दुई आयोजनामा लगानी गर्ने विषयमा प्रवर्द्धक दुई कम्पनी र अगुवा बैंकबीच बिहीबार (पुस २९ गते) सम्झौता भएको छ । रिभर साइड हाइड्रो इनर्जी प्रालि (तमोर-५), पालुन खोला हाइड्रो पावर प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना र सानिमा बैंकका नायब महाप्रबन्धक निश्चलराज पाण्डेले सम्झौतामा हस्ताक्षर गरी आदान-प्रदान गरेका छन् ।

सम्झौता कार्यक्रममा उपस्थिति प्रतिनिधिसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र पूर्व पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आयोजना निर्माणका क्रममा स्थानीयस्तरबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, समयमै निर्माण पूरा गर्न पनि आफूहरूले सहयोग गर्ने बताए ।

कार्यक्रममा दुवै कम्पनीका अध्यक्ष ढुंगानाले स्थानीयसँग मिलेर काम गर्ने र आगामी ३ वर्षभित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘विगतदेखि जलविद्युत् क्षेत्रमा काम गरेको आफ्नो समूहलाई बैंकहरूले विश्वास गरेको हुँदा तरलताको कमजोर अवस्थामा पनि सजिलै लगानी व्यवस्थापन गर्न सकियो,’ उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृति भई उत्पादन अनुमतिपत्र लिने क्रममा रहेको हुँदा दुवै आयोजनाको काम एकसाथ सुरु गरिने छ ।

यसैगरी, सानिमा बैंकका नायब महाप्रबन्धक पाण्डेले ढुंगानाको समूहले विगतमा गरेको कामको ‘ट्र्याक रेकर्ड’ हेरेर नै लगानीका लागि अगुवाई गर्ने वातावरण बनेको बताए । ‘बैंकले अहिलेसम्म ३०–३५ वटा आयोजनामा लगानी गरिसकेको छ, कतिपय पूरा भइसके । कति पूरा हुँदैछन्,’ उनले भने, ‘यी दुई आयोजनाको काम पनि समयमै पूरा होस्, यसमा हामीले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्नेर्छौं ।’

उता कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले राज्यको प्राथमिकता र लगानीको आकर्षक क्षेत्र भएकाले आयोजना समयमै पूरा हुनुपर्ने बताए । ‘समयमै काम पूरा हुन सकेन भने सबैतिर विवाद हुन्छ, लागत बढ्दै जान्छ र भने अनुसार प्रतिफल नआउन सक्छ,’ उनले भने, ‘अहिले विश्वव्यापी रूपमा फैलिएको जलवायु परिवर्तनको असरलाई मध्यनजर गरेर पनि जलविद्युत्बाट समयमै प्रतिफल लिइसक्नुपर्ने देखिन्छ ।’

तमोर–५ फक्ताङलुङ र पालुन खोला सिम्बुक गाउँ पालिकामा निर्माण हुनेछन् । बैंकहरू तमोरमा ५ अर्ब १८ करोड रुपैयाँ र पालुन खोलामा २ अर्ब ८२ करोड रुपैयाँ लगानी गर्ने कम्पनीका महाप्रबन्धक प्रकृतिराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार ६ अर्ब ९१ करोड रुपैयाँ लागत अनुमान गरिएको तमोरमा १ अर्ब ७३ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।

यसैगरी, ३ अर्ब ८२ करोड रुपैयाँ लागत अनुमान गरिएको पालुन खोलामा ९६ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ । दुवै आयोजनामा ४ बैंक (कृषि विकास, एनसिसी, सिद्धार्थ र कुमारी) ले ५ अर्ब २० करोड रुपैयाँ, नेपाल बैंकले १ अर्ब र अगुवा सानिमा बैंकले १ अर्ब ८४ करोड रुपैयाँ लगानी गर्नेछन् ।

जलविद्युतमा ढुंगानाको अगुवाई

क्रियाशील, दक्ष एवम् अनुभवी समूह तयार गरी पर्वतको पातीखोलामा १ मेगावाटको आयोजना निर्माणको अगुवाई गरेका पुष्पज्योति ढुंगानालाई त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन । उनले विभिन्न आयोजनाको नेतृत्व गर्दै गए समूहले उनलाई पच्छ्याउँदै सहयोग गर्दै गयो । आजसम्म उनको नेतृत्वमा ११८.४ मेगावाटका आयोजना सञ्चालन तथा निर्माण चरणमा छन् ।

पाती खोलापछि सोही समूहले पाँचथरमा १४.९ मेगावाटको हेवा खोला ‘ए’ निर्माण सम्पन्न ग¥यो । त्यसबाट अहिले विद्युत् भइरहेको छ । अर्को आर्थिक वर्षमा लगानीकर्तालाई लाभांश बाँड्ने तयारी समेत भइरहेको कम्पनीले जानकारी दिएको छ ।

हेवा खोलापछि ढुंगाना समूह कास्कीतर्फ लाग्यो र मादी खोलामा ४४ मेगावाटको सुपरमादी अगाडि बढायो । जुन आयोजनाको निर्माण अहिले करिब ७० प्रतिशतभन्दा बढी पूरा भएको छ । गत असोजमा बेमौसमी झरी र बाढीका कारण आयोजनामा गम्भीर असर पुर्याएको छ तर आगामी एक वर्षभित्र विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको ढुंगानाले बताएका छन् ।

केही महिनाभित्रै तमोर–५ र पालुन खोलाको निर्माण सुरु गर्ने बताइरहेका ढुंगानाले यी आयोजना पूरा हुने चरणमा अर्को २८५ मेगावाटको आयोजना अगाडि बढाउने घोषणा गरेका छन् । हाल सानिमा ग्रुपले अगाडि बढाएको अर्धजलाशययुक्त माथिल्लो तमोर निर्माण गर्नेबारे गृहकार्य भइरहेको ढुंगानाले बताएका छन् ।

माथिल्लो तमोर निर्माणपछि ढुंगानाको नेतृत्वमा निर्माण भई सञ्चालन भएका वा निर्माणाधीन आयोजनाको क्षमता ४०३.४ मेगावाट पुग्नेछ । त्यसपछि, सम्भवतः निजी क्षेत्रले निर्माण गर्ने मध्ये सबैभन्दा बढी क्षमता हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit