विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बाढीपहिरोले क्षतिग्रस्त मान्डु जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुचारु गर्न अझै ६ महिना लाग्ने भएको छ । २०७५ सालदेखि २२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको यस जलविद्युत् केन्द्रको उत्पादन गत असोज ११ र १२ गते आएको भिषण बाढीपहिरोले संरचनामा क्षति पुर्‍याएपछि  विद्युत् उत्पादन बन्द भएको हो । मकवानपुरको भीमफेदी गाँउपालिका–८ इपा, दोभानस्थित बागमती नदीको पानीबाट उक्त जलविद्युत् केन्द्र सञ्चालन हुँदै आएको थियो । 

बाढीले आयोजनाको विद्युत् गृह पूर्णरूपमा डुबेको, बाँध संरचना, हेडरेस टनेल लगायतका थुप्रै संरचनाहरूमा क्षति पुर्‍याएकोले सञ्चालनमा ल्याउन बढी समय लागेको आयोजनाको प्रवर्द्धक माण्डु हाइड्रोपावर लिमिटेडका वित्तीय अधिकृत सबल प्रधानले ऊर्जा खबरसँग बताए ।  

‘बाढीले पावरहाउस डुबेकाले अझै पनि लेदोलगायत फोहर अझै पूर्णरूपमा सफा गरिसकिएको छैन,’ उनले भने, ‘संरचनाहरूमा बढी क्षति भएकाले सफा गरेर निर्माण गरी सञ्चालनमा ल्याउन समय लाग्ने छ ।’ 

कुल ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ लगानीमा निर्माण पूरा गरी सञ्चालनमा आएको केही वर्षपछि नै आयोजनाले ठूलो आर्थिक क्षति ब्यहोरेको हो । आयाेजनालाई करिब १ अर्ब रुपैयाँ बराबरकाे क्षति भएकाे अनुमान गरिएकाे छ । यद्यपि, हालसम्म आर्थिक क्षतिको यकिन विवरण भने आइनसकेको प्रधानले बताए ।  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३