विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा पुरिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक राहत दिने भएको छ । भोटेकोशी गाउँपालिका–४ मा निर्माण भइरहेको आयोजनाको प्रवर्द्धक इलेक्ट्रो पावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दीयाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार झण्डै ३० लाख रुपैयाँको राहत प्याकेज उपलब्ध गराउने भएको हो । 

यसका लागि आयोजनाको निर्माण ठेक्का लिएर काम गरिरहेको 'सब–कन्ट्रयाक्टर' कम्पनी बीएमआर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि र मृतकको पक्षबाट उक्त पालिकाका वडा अध्यक्षले सोमबार लिखित सम्झौतामा हस्ताक्षर गरेको इलेट्रो पावरका प्रोजेक्ट म्यानेजर उमेश पराजुलीले बताए । राहत रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता रहेको उनको भनाइ छ । 

‘उहाँहरू सब कन्ट्रयाक्टर कम्पनीको तर्फबाट आयोजनामा कार्यरत हुनुहुन्थ्यो,’ पराजुलीले ऊर्जा खबरसँग भने, ‘तर सब कन्ट्रयाक्टरलाई अप्ठ्यारो नपरोस् भनेर आयोजना प्रवर्द्धक कम्पनीले नै राहत प्याकेज उपलब्ध गराउने गरी बर्दीया पुगी मृतकको रिवारलाई भेटेर समवेदना प्रकट गर्दै नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितिमा लिखित सम्झौता गरेका छौँ ।’

सम्झौता अनुसार कम्पनीले मृतकका परिवारलाई कामदारको जीवन बीमा बापतको २० लाख रुपैयाँ परिवारको मुद्धति खातामा निक्षेपको रूपमा जम्मा गरिदिने छ । त्यस्तै, प्रतिपरिवार नगद ७ लाख रुपैयाँ र डेढ लाख रुपैयाँ काजकिरिया खर्चबापत उपलब्ध गराउने छ । 

त्यस्तै, मृतकका छोराछोरीलाई १२ कक्षासम्म पढाइ खर्च ब्यहोर्ने, आयोजना निर्माण अवधिभर मृतकले पाउने गरेको तलब परिवारको खातामा कम्पनीले जम्मा गरिदिने समेत सम्झौतामा उल्लेख रहेको ठाकुरबाबा नगरपालिकाका मेयर तीलकराम लम्सालले समेत पुष्टि गरे । मृतका परिवारका सदस्यलाई आयोजनामा रोजगारी दिनेसमेत सम्झौतामा उल्लेख रहेको छ । 

मृतकका परिवार मध्ये एक परिवारको २ वर्षकी छोरी रहेको र अर्को परिवारमा मृतककी श्रमती गर्भवती भएको गर्भवतीलाई पौष्टिक आहार तथा स्यहार सुसारका लागि थप १ लाख रुपैयाँ समेत उपलब्ध गराइएको उनले बताए । 

‘परियोजनाहरूले कामदारको बीमा गर्दा १० लाखभन्दा बढीको गरेको हामीले अहिलेसम्म जानकारी पाएका थिएनौँ,’ मेयर लम्सालले भने, ‘भोटेकोसी–१ को प्रवर्द्धक इलेक्ट्रो पावरले बीमा नै २० लाख रुपैयाँको गरेको रहेछ ।’ 

आयोजनाको डिसेन्डर बेसिनको कभर स्ल्याबको ढलान भत्किँदा शुक्रबार उनीहरु पुरिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयलगायतले अविरल वर्षाकै बीच उनीहरूको खोजी सुरु गरेको थियो । तर, उनीहरुलाई शनिबार बिहान ४ बजे मात्रै मृत अवस्थामा फेला पारी पोष्टमार्टमका लागि धुलिखेल अस्पताल ल्याइएको थियो । 

दुर्घटनामा घाइते भएका १० जना मध्ये एक जनाको ढाडको हाड भाँचिएकोले उपचार भइरहेको प्रोजेक्ट म्यानेजर पराजुलीले बताए । अर्को एकजानको आँखामा मुछिएको सिमेन्ट परेकोले अहिले अस्पतालमै आरामको अवस्थामा रहेको र बुधबारसम्म डिस्चार्ज हुने तयारी रहेको उनले बताए । 

‘सबै घाइतेहरू करिब निको भइसक्ने क्रममा हुनुहुन्छ,’ पराजुलीले भने, ‘उहाँहरूलाई पनि हामी केही सहयोग गर्ने छौँ ।’

उनका अनुसार डिसेन्डर बेसिनको संरचना के कति कारणले भत्कियो भन्नेबारे कम्पनीले अनुसन्धान सुरु गरिसकेकाे छ । भविष्यमा यस्ता दुर्घटना नहाेस् भनेर कम्पनीले अध्ययन गरिरहेकाे उनकाे भनाइ छ ।इलेक्ट्रो हाइड्रोले एक वर्षअघि (२०८० साउनबाट) आयोजना निर्माण सुरु गरेको थियो । आयोजनाको निर्माण हालसम्म ३० प्रतिशत पूरा भएको र आगामी २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३