विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १२, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा २ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रीजले विद्युत्‌को अभावमा आफ्नो उत्पादन शुरू गर्न सकेको छैन । आइएमई ग्रुपको नेतृत्व र एभरेष्ट ग्रुपको सहकार्यमा गौशाला–१ इँटाटार गाउँमा स्थापना गरिएको पेपर मिल सञ्चालनका लागि ३३ हजार केभीएको विद्युत् आवश्यक परे पनि नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराउन नसक्दा काम प्रभावित बनेको हो ।

अहिलेसम्म मिलमा विद्युत् पुग्न नसक्दा मिल सञ्चालनमा आउन नसकेको मिलका निर्देशक अरुण भण्डारीले बताए । २०७८ सालदेखि निर्माण थालिएको यस पेपर मिलले गत जेठ १ गतेदेखि नै उत्पादन शुरू गर्ने लक्ष्य राखेको थियो । त्यसका लागि मिलमा करोडौँ मूल्यका ठूलाठूला मेसिन, औजार पनि जडान गरिसकिएको छ ।

बैशाखको अन्तिममै मिलसम्म विद्युत् पुर्‍याइसक्ने गरी ७५ प्रतिशत मिलको लगानी र २५ प्रतिशत प्राधिकरणको लगानीमा सम्झौता भएर मिलले विद्युत् जडानका लागि १ करोड ४१ लाख ५९ हजार २ सय ७० रुपैयाँ ठेकेदार कम्पनी प्रिन्स कन्स्ट्रक्सनलाई बुझाइसकेको छ । यद्यपि, आजसम्म मिलमा विद्युत् जडान हुन नसकेको उनले बताए ।

पेपर मिलमा १२ किलाेमिटर टाढा रहेको पूर्व–पश्चिम राजमार्गस्थित सबस्टेशनबाट लाइन ल्याउनुपर्नेमा ६ किलोमिटरसम्म आइसकेको तर बाँकीको क्षेत्रमा स्थानीयले अवरोध खडा गरिरहेका छन् । स्थानीयकै कारण पेपर मिलसम्म लाइन आउन नसकेको मिलका व्यवस्थापन निर्देशक गोविन्द सर्राफले बताए ।

सर्राफका अनुसार यस मिलमा सबस्टेशनदेखि लाइन ल्याउँदा गौशाला रोड, सशस्त्र प्रहरी क्याम्प, सुर्ती विकास चोक हुँदै इँटाटारसम्म ल्याउनुपर्छ । गौशाला–१ मै रहेको रामनगर गाउँका बासिन्दाले मापदण्डबमोजिम विद्युत्‌का खम्बा गाड्न नदिएका कारण लाइन अहिलेसम्म आउन नसकेको उनको भनाइ छ ।

रामनगरका स्थानीय बासिन्दाले ३३ हजार केभीएको लाइन आफ्नो गाउँबस्तीबाट लगिएमा बस्ती जोखिमका पर्ने, कति घरपरिवारको घरभित्रैसम्म खम्बा गाड्नुपर्दा उठिबास हुने, आगलागी र करेन्ट लागेर मृत्युजस्ता दुर्घटना बढ्ने, विद्युतको विकीरणले गर्भवतीलाई असर गर्ने र अपाङ्ग बालबालिका जन्मिने जस्ता कारण देखाउँदै बस्तीबाट लाइन लैजान दिएका छैनन् ।

स्थानीय बासिन्दाले गठन गरेको संघर्ष समितिका अध्यक्ष महतोको नेतृत्वमा पटक–पटक स्थानीयले आन्दोलन, चक्काजामजस्ता कार्यक्रम गरेर पेपर मिलसम्म लाइन लैजान रोक लगाउँदै आएका छन् । यता अर्बौंको लगानी लगाएर पनि पेपर उत्पादन शुरू गर्न नसकेको पेपर मिलले सहमति र सहकार्यका लागि नगरपालिका, विद्युत् प्राधिकरण र स्थानीय बासिन्दासित विभिन्न प्रयास गरे पनि ठोस निर्णयमा पुग्न नसक्दा दिनदिनै लाखौँको क्षति भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३