विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन निर्माणाधीन थाम्बुचेत–काठमाडौँ प्रसारण लाइनकाे निर्माण अन्तिम चरणमा पुगेको छ । जसको टावर निर्माणकाे काम ९६ प्रतिशत पूरा भएको छ ।

उत्तरी रसुवाको सान्जेन र रसुवागढी लगायत सबै आयोजनाबाट उत्पादित विद्युत् व्यवस्थापन गर्न आमाछोदिङ्मो गाउँपालिका (४ थाम्वुचेतमा विद्युत् हब र थाम्बुचेतदेखि हाकु, डाँडागाउँ, ठूलोगाउँ त्रिशूली हुँदै काठमाडौँसम्मको राष्ट्रिय प्रसारण लाइन निर्माण भइरहेकाे छ ।

रसुवागढी जलविद्युत् आयोजनाको १११ मेगावाट, सान्जेनको ४२.५ र माथिल्लो साञ्जेनको १४.८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउने गरी उक्त काम भइरहेकाे प्राधिकरणले जनाएकाे ५ । भौगोलिक विकटतायुक्त हाकु क्षेत्रको तिरू इलाकाका लागि आवश्यक उपकरण ढुवानी भइसकेको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय प्रसारण महाशाखा प्रमुख थर्कबहादुर थापाले बताए । उनका अनुसार ७६ वटा टावरमध्ये ६७ वटाको निर्माण तथा ७२ किलोमिटर तार तान्नुपर्नेमा ४१ किलोमिटरकाे काम पूरा भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३