विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलाखामा निर्माण भएको ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाबाट आगामी असारदेखि विद्युत उत्पादन सुरु गरिने भएको छ । आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन पूरा हुन लागेकाले अबको ३ महिनाभित्र विद्युत उत्पादन सुरु गर्न लागिएको हो ।

प्रसारण लाइनको समस्याकै कारण आयोजनाको विद्युत उत्पादन तालिका पटक–पटक सर्दै आएको थियो । गत बर्खामा खोलाको बाढी आयोजनाको विद्युतगृहमा बस्दा जडान भएका उपकरण क्षति पुगेकाले पनि विद्युत उत्पादनको तालिका प्रभावित हुँदै आएको थियो ।

विद्युतगृहमा नयाँ उपकरण आयात गरेर जडान गर्न लागिएको आयोजनाको प्रवद्र्धक युनिभर्सल पावर कम्पनीका सञ्चालक विनय भण्डारीले बताए । ‘एक वर्ष अघि नै आयोजनाको ९९ प्रतिशत निर्माण पूरा भइसकेको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘प्रसारण लाइनको समस्याले विस्तारै काम गरिरहेका थियौं । तर, गत वर्ष बर्खामा खोलाको बाढी विद्युतगृहमा पस्दा जडान भएका उपकरण क्षतिग्रस्त भएपछि फेरि नयाँ जडान गर्नुपर्ने देखियो ।’

उनले उपकरण आयातको क्रममा रहेकाले जडान पूरा गरेर परीक्षण थालिने बताए । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन बैशाखभित्रै सञ्चालनमा ल्याउने भनेकाले तल्लो खारे पनि असारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने उनले बताए ।

उत्पादन हुने विद्युत सिंगटी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक साढे ४ किलोमिटर प्रसारण लाइन कम्पनीले निर्माण गरेको छ ।

आयोजना सञ्चालनमा आएपछि सुख्खायाममा १ करोड १५ लाख २७ हजार २ सय किलोवाट र बर्खायाममा ५ करोड १२ लाख ४ हजार ५ सय ५१ किलोवाट गरी वार्षिक ६ करोड २७ लाख ३१ हजार ६ सय ५१ किलावाट विद्युत उत्पादन हुनेछ ।

आयोजना पूरा हुँदा २ अर्ब ४ करोड रुपैयाँ खर्च हुने अनुमान छ । तर, प्रसारण लाइन र कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण अवधि लम्बिँदा लागत बढ्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit