विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साढे ३५ हजार ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान गरेको छ । प्राधिकरणले ‘काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना’ अन्तर्गत सिंगल तथा थ्री फेज स्मार्ट मिटर ग्राहककाे घरमा जडान गरेकाे हो ।

आयोजनाअन्तर्गत प्राधिकरणकाे महाराजगन्ज, रत्नपार्क  र बूढानिलकण्ठ वितरण केन्द्रका ग्राहककाे घरमा स्मार्ट मिटर जडान कार्य धमाधम भइरहेकाे छ । काेराेना (काेभिड–१९) महमारी राेक्न गरिएकाे लकडाउन तथा निशेधाज्ञाका बेला काम सुस्त भए पनि अहिले दैनिक ३० वटा समूह खटाएर जडान कार्य तीव्र पारेकाे आयोजना प्रमुख राेशन न्याैपानेले बताए ।

उनका अनुसार महाराजगन्ज वितरण केन्द्र अन्तर्गत २७ हजार स्मार्ट मिटर जडान भइसकेका छन् । अब यस वितरण केन्द्रकाे झोर र टोखा क्षेत्रका ग्राहककाे घरमा करिब ५ हजार स्मार्ट मिटर जडान गर्न बाँकी छ ।

यस्तै, रत्नपार्क वितरण केन्द्र अन्तर्गत साढे ८ हजार स्मार्ट मिटर जडान गरिएकाे छ । केन्द्र अन्तर्गतको लाजिम्पाट, नक्साल लगायत क्षेत्रका ग्राहकको घरमा मिटर जडान गर्ने काम पूरा भएको छ ।

बूढानिलकण्ठ वितरण केन्द्रअन्तर्गत पनि मिटर जडान कार्य भइरहेकाे छ । अब यस वितरण केन्द्रअन्तर्गत १२ हजार ग्राहकको घरमा मिटर जडान गर्न बाँकी छ । महाराजगन्ज र बूढानिलकण्डका ग्राहकको घरकाे मिटर जडान कार्य पूरा भएपछि सबै टाेली रन्तपार्क वितरण केन्द्र अन्तर्गत पर्ने असन र न्युरोड क्षेत्रमा खटाइने न्यौपानेले बताए ।

पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका ९८ हजार ग्राहकको विद्युत मिटर स्मार्ट बनाउने लक्ष्य भए पनि असन र न्यूरोड क्षेत्रमा कठिनाइ देखिएकाले बूढानिलकण्ठ वितरण केन्द्रका ग्राहककाे घरमा जडान थालिएकाे उनले बताए ।

प्राधिकरणले स्मार्ट मिटर जडान भएका ग्राहकलाई एसएमएसबाट खपत गरेकाे विद्युत महसुलकाे बिल पठाउने गरेकाे छ । स्मार्ट मिटर जडानपछि प्राधिकरणकाे हरेक महिना मिटर रिडिङमा हुने खर्च कटाैती भएकाे छ । 

स्मार्ट मिटर जडानपछि नियमित महसुल नरिर्ने ग्राहककाे लाइन काटेर कारबाही गर्न समेत सहज भएकाे न्याैपानेले बताए । ‘पहिले लामाे समय महसुल नतिर्ने ग्राहककाे लाइन काट्न प्रहरी टाेलीसँग भर्याङ बाेकेर ग्राहककाे घर घर पुग्नु पर्ने बाध्यता थियाे,’ उनले ऊर्जा खबरसँग भने, ‘अब प्राधिकरण कार्यालयबाटै लाइन काटिन थालेकाे छ । 

उनले स्मार्ट मिटर जडानपछि नियमित महसुल नतिर्ने १ सय ५० ग्राहक कारबाहीमा परेकाे बताए । महसुल नतिर्ने ग्राहककाे लाइन काटेर १ कराेड रुपैयाँ असुल गरिएकाे प्राधिकरणले जनाएकाे छ । महसुल बुझाएपछि मात्रै लाइन पुनः जाेडिएकाे छ ।

स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत जडान कार्य सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) ले ऋण लगानी गरेको छ । आयोजनाअन्तर्गत दोस्रो चरणमा काठमाण्डौं, ललितपुर र भक्तपुरका सबै वितरण केन्द्रका ग्राहकको घरमा पनि स्मार्ट मिटर जडान गर्ने प्राधिकरणको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit