images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको उत्पादन आम्दानी घटेसँगै खुद नाफा पनि घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासमा खुद नाफा घटेको देखिएको हो ।

कम्पनीले साउनदेखि चैतसम्मको अवधिमा ८ करोड ६० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको नाफा गत वर्षको तुलनामा घटेको हो । गत वर्ष यही समयअवधिमा १३ करोड ९१ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीले यो अवधिमा जलविद्युत केन्द्रको विद्युत बिक्री गरी २९ करोड ४२ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत वर्ष ३१ करोड ८२ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीले अन्य स्रोतबाट पनि १७ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको छ । यस आयोजनाबाट उत्पादित विद्युत विगत भन्दा त्रैमासमा खोलाको पानीको प्रवाहमा कमी हुने भएकोले आम्दानीमा उल्लेख्य वृद्धि हुन नसकेको कम्पनीले जनाएको छ । कम्पनीको पाँचथरमा १४.९ मेगावाटको हेवा खोला–ए जलविद्युत आयोजना सञ्चालनमा छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit