विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्थानीयबासीले ३३ केभी पाडाजुँगी-उर्लाबारी प्रसारण लाइन निर्माणमा अवरोध गरेका छन् । झापाको १३२/३३ केभी पाडाजुँगी सबस्टेसनदेखि मोरङको ऊर्जाबारी सबस्टेसनसम्म आइपुग्ने प्रसारण लाइन निर्माणमा स्थानीबासीले अवरोध गरी काम रोकेका हुन् ।

प्रसारण लाइनको रुट पर्ने उर्लाबारी नगरपालिका-८, अठियाबारीका स्थानीयले काम रोकेको हुन् ।स्थानीय क्षेत्रको विद्युत वितरणका लागि पहिले नै लाइन निर्माण भइसकेकाले नयाँ लाइन निर्माणको आवश्यकता नरहेको भन्दै काम रोकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

पाडाजुँगी-उर्लाबारी प्रसारण लाइन १६ किलोमिटर लामो छ । उर्लाबारीका स्थानीयले प्रसारण लाइनको तार तान्न अवरोध गर्दै आएका छन् । स्थानीयबासीको अवरोधका कारण प्रसारण लाइनको ३ किलोमिटर खण्डमा तार तान्न सकिएको छैन ।

प्रसारण लाइनको काम पूरा हुन नपाउँदा उर्लाबारीमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन सञ्चालनमा ल्याउन सकिएको छैन । प्राधिकरणले स्थानीय क्षेत्रको विद्युत आपूर्ति सहज बनाउने उद्देश्यले यो प्रसारण लाइन निर्माण गरिरहेको हो । यसअघिको लाइन ‘ओभर लोड’ भई वितरण प्रणालीमा समस्या आएपछि नयाँ प्रसारण लाइनको निर्माण सुरु गरिएको हो ।

नगरपालिका प्रमुख, उपप्रमुख र स्थानीबासी लगायत सरोकारबालासँग केही दिनअघि छलफल गरी निर्माण सुरु गर्ने विषयमा सहमति भएको भए पनि केही व्यक्तिले असहमति जनाउँदै निर्माणमा पुन: अवरोध गरेको प्राधिकरणले जनाएको छ । एसियाली विकास बैंककाे ऋणमा वितरण प्रणाली सुदृढीकरण तथा विस्तार अन्तर्गत सञ्चालित आयोजनाको निर्माण सम्पन्न हुँदा त्यस क्षेत्रमा करिब ३ लाख उपभोक्ताले गुणस्तरीय र भरपर्दो विद्युत उपभोग गर्न पाउने छन् ।

हाल उक्त स्थानमा झापाको दमकबाट २ वटा ११ केभी फिडरमार्फत विद्युत आपूर्ति गरिएको छ । लाइनको लम्बाइ अत्याधिक भएकोले सामान्य अवस्थामा समेत विद्युत आपूर्तिमा समस्या आउने गरेको छ ।  फिडर ओभरलोड र ट्रिपिङ हुने समस्या पनि अत्याधिक छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit