विद्युत अपडेट

  • प्राधिकरण : ९५९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५००० मे.वा.घन्टा
  • आयात : ५९८२ मे.वा.घन्टा
  • निर्यात : १८९४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२८४२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५७४ मे.वा.
२०८२ जेठ २९, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक बैशाख २७ र २८ गते ढाकामा

काठमाडौं । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय ५औं बैठक २०८० साल बैशाख २७ र २८ गते (मे १० र ११ तारिख) बंगलादेशको ढाकामा हुने भएको छ । अहिले यस विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणले तयारी गरिरहेका छन् ।

२७ गते दुवै देशका सहसचिव स्तरको बैठक हुने र सो बैठकले सिफारिस गरेका मुद्दाहरू २८ गते बस्ने सचिवस्तरीय बैठकले पारित गर्नेछ । अहिले मन्त्रालयमा नेपालतर्फको संयुक्त प्राविधिक समिति (जेटिटी) को छलफल भइरहेको छ ।

सचिवस्तरीय बैठकमा मुख्यतः ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजना निर्माणका विषयमा छलफल हुने मन्त्रालयले जानकारी दिएको छ । यसअघिको बैठकमा प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डले संयुक्तरूपमा निर्माण गर्ने निर्णय भएको थियो ।

मन्त्रालयका अनुसार यो आयोजना निर्माणको मोडालिटी र दुवै देशले गर्नुपर्ने साझेदारीका विषयमा छलफल केन्द्रित हुनेछ । यो सँगै आपसी अनुभव साटासाटा तालिम आदानप्रदान जस्ता विषयमा पनि छलफल हुने बताइएको छ ।

केही महिना अघि सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले नेपालबाट ५० मेगावाट बिजुली बंगलादेश निर्यात गर्न स्वीकृति दिएको छ । यसका लागि आवश्यक पर्ने पूर्वाधारको विकास, भारतसँगको सहकार्यलाई पनि छलफलको प्राथमिकतामा राखिएको छ ।

काभ्रे, सिन्धुपाल्चोक र रामेछापलाई छुने सुनकोसी–३ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तयार गरेको कोसी बेसिन गुरुयोजनाबाट पहिचान भएको थियो । यो आयोजनाको सम्भाव्यता तथा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको प्राधिकरणले जानकारी दिएको छ । साथै, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत स्वीकृत भइसकेको जनाइएको छ । वार्षिक २ अर्ब ३५ करोड युनिट विद्युत उत्पादन हुने सुनकोसी–३ को अधिकतम उचाई १६५ मिटर हुने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३