विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केही दिन यता विद्युत आपूर्तिमा देखिएको समस्या लोडसेडिङ नभएको स्पष्ट पारेको छ । केही दिन यता विद्युत लाइन काटिने समस्या बढेर प्राधिकरणको आलोचना हुन थालेपछि बिहीबार विज्ञप्ती निकालेर अघोषि लोडसेडिङको खबरमा सत्यता नभएको बताएको हो ।

राष्ट्रिय प्रणालीमा क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समय प्रसारण तथा वितरणमा अवरोध मात्रै भएको विज्ञप्तीमा जनाएको छ । ‘३ वर्षअघि नै देश लोडसेडिङमुक्त भइसकेको छ । फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था छैन,’ विज्ञप्तीमा भनिएको छ, ‘वितरण प्रणालीमा आउने अवरोधले केहीबेर लाइन अवरुद्ध भएको मात्रै हो । लोडसेडिङ होइन ।’

गत पुस १३ र १४ गते साँझमा राष्ट्रिय प्रसारण प्रणालीमा आएको प्राविधिक समस्याका कारण विद्युत काटिन पुगेको र भारप्रेषण केन्द्र र ग्रिड सञ्चालन विभागमार्फत समाधान गरिएको पनि प्राधिकरणले प्रष्ट्याएको छ ।

प्राधिकरणले अहिले प्रणालीमा भएको आफ्ना र निजी क्षेत्रका जलविद्युतगृहको उत्पादन तथा भारतबाट आयातित विद्युतले माग बराबरकै आपूर्ति व्यवस्थापन मिलिरहेको जनाएको छ । क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा आइरहेका समस्या समाधान गर्ने प्रयास भइरहेको पनि विज्ञप्तीमा उल्लेख छ । 

सडक विस्तार भएका स्थानमा विद्युतीय पोल सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, प्रणालीको मर्मत संभार गर्न लाइन काट्दा सार्वजनिक सूचना निकालेर ग्राहकलाई अग्रिम जानकारी दिने गरेको प्राधिकरणको भनाई छ । विश्वभर फैलिएको कोरोना (कोभिड–१९) महामारीका बेला समेत गुणस्तरीय विद्युत सेवा दिन कर्मचारी खटिएकाले अब लोडसेडिङ नहुने विज्ञप्तीमा जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit