विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी । पर्यटकीय र लाहुरेको जिल्ला भनेर चिनिने हिमाली जिल्ला म्याग्दी पछिल्लो समय जलविद्युत् आयोजना निर्माणले ‘हाइड्रो हब’ बन्दै गएको छ । यहाँका म्याग्दी, रघुगंगा, नारच्याङ लगाएतका आधा दर्जन बढी खोलाहरु ऊर्जा खोलामा परिणत हुन थालेका छन् । यिनै खोलाहरुबाट अहिले ३ सय ४० मेगावाट क्षमताका विभिन्न जलविद्युत् आयोजनाहरु निर्माणाधीन छन् ।

म्याग्दीमा राहुघाटबाट १४६.८, अन्नपूर्ण गाउँपालिकाको नारच्याङबाट १५७ र धवलागिरि गाउँपालिकाको नाउरबाट ३७ गरी ३४०.८ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरु निर्माणाधीन छन् । प्रसारण लाइन, सबस्टेशन निर्माण र सडकको पहुँच विस्तार तथा ऊर्जाको अन्तरराष्ट्रिय बजार खोजी हुन थालेपछि वर्षौंअघि सर्वेक्षण गरिएका जलविद्युत् आयोजनाले गति लिन थालेका हुन् ।

विद्युत् बिकास बिभागका अनुसार राहुघाट र सहायक खोलामा १४६.८ मेगावाट क्षमताका चार वटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । राहुघाट र सहायक नदीहरुमा धमाधम जलविद्युत् आयोजना बन्न थालेपछि रघुगंगा गाउँपालिका जलविद्युत्को ‘हब’ बन्न थालेको हो ।

त्यसैगरी विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नारच्याङमा १५७ मेगावाटका ५ वटा जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् । नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, ५ मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत्् आयोजना निर्माण भइरहेका छन् ।

त्यस्तै, ६२ मेगावाटको नीलगिरि क्यास्केड र १० मेगावाटको रेलेखोला आयोजनाले पनि वातावरणीय मूल्याङ्कको चरण पार गरेर निर्माणको अवस्थामा प्रवेश गरेका छन् । म्याग्दीका उद्योगी, ब्यापारी र प्रवासीको पहलमा २०७१ सालदेखि निर्माणाधीन पाँच मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेको छ । 

त्यसैगरी रोबस्ट इनर्जी लिमिटेडले निर्माण गरिरहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत्् आयोजना र ३८ मेगावाट क्षमताको निलगिरि जलविद्युत् आयोजना पनि निर्माण भइरहेका छन् । ५.५ मेगावाट क्षमताको १ वटा आयोजनाले निर्माणको अनुमति मागेको छ ।

२४.६५ मेगावाट क्षमताका ३ वटा आयोजना सर्बेक्षणका क्रममा छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाट, ३७ मेगावाट क्षमताको राहुघाट मंगले, जलविद्युत् आयोजनाको बाँध, सुरुङ र विद्युत्गृह एकैसाथ निर्माण सुरु गरेको तुदी पावरले ४८.५ मेगावाट क्षमताको अर्को अपर राहुघाट निमार्ण प्रक्रिया सुरु गरेका छन् ।

राहुघाटको सहायक बगरखोलामा ५.५ मेगावाट क्षमताको जलविद्युत् आयोजना जेनेरेशन लाइसेन्स प्राप्तिको प्रक्रियामा छ । ४.७५ मेगावाट क्षमताको स्यानोखोला, ४.९० मेगावाट क्षमताको अपर ठुलोखोला र १५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना सर्वेक्षणको चरणमा छन् ।

संयुक्त ऊर्जा प्रालिले कुइनेमंगलेमा २१.३० मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ । संयुक्त ऊर्जा प्रालिका प्रतिनिधि अनुरोध अधिकारीका अनुसार पहिलो चरणमा आवासको काम सुरु गरिएको र यसको निर्माण सम्पन्न गर्ने समय अवधिमा उत्पादन गर्ने बताए ।

स्थानीय तह, प्रदेश र संघीय सरकारको तर्फबाट पहुँचमार्ग निर्माणमा सघाउनुका साथै सहजिकरण गरेर काम गर्ने वातावरण बनाएकाले पनि लगानीकर्ता आकर्षित भएका हुन् । राहुघाट र सहायक नदीहरुमा बन्ने जलविद्युत् आयोजना निर्माणलाई गति दिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला हुँदै कुइनेमंगले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र संघीय सरकारले जलविद्युत् आयोजनाहरुसँग साझेदारी गरेका छन् ।

हामीले पालिकाको विकासमा जलविद्युत् आयोजनाहरुसँग पनि साझेदारी गरेको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । 
त्यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत्् आयोजना निर्माणको तयारी भएको छ । 

हाइड्रो इम्पायर प्रालि काठमाडौंले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण शुरु गरेको छ । हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले यसअघि २० मेगावाटको अनुमति पाएको आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण (इआइए) प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

आर्थिक अभियान दैनिक

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit