विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आज (सोमबार पुस १३ गते) ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत्गृहको एउटा युनिटमा समस्या आउँदा देशका विभिन्न ठाउँमा विद्युत् आपूर्ति केहीबेर रोकियो । साँझ करिब साढे ६ बजेतिर समस्या देखिँदा भारतबाट बढी विद्युत् प्रवाह भई प्रणालीले धान्न नसकेर समस्या देखिएको हो ।

विद्युत्गृहको एउटा युनिटमा समस्या आउना साथ कम क्षमतामा सञ्चालन गर्न लोड मिलाउने क्रममा भारतबाट प्रवाह हुने विद्युत्को चाप बढ्न गएको विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘यताको उत्पादनमा कमी आउने वित्तिकै भारत (ढल्केबर–मुजफ्फरपुर) बाट आउने परिमाण एक्कासी बढ्न गयो र नेपालतर्फको प्रणालीले धान्न सकेन,’ उनले ऊर्जा खबरसँग भने, ‘ढल्केबरसम्म समस्या छैन तर त्यहाँबाट खिम्ती हुँदै काठमाडौं आउने लाइन ओभरलोड भई ट्रिप (रोकिन) हुन गयो ।’

यही कारण ढल्केबर–चन्द्रनिगाहपुर लाइनमा समेत समस्या आएको शाक्यले जानकारी दिए । भोलिका दिनमा यस्तो समस्या दोहोरिन नदिन ट्रान्सफर्मर, कण्डक्टर वा अन्य जे जस्तो उपकरण परिवर्तन गरेर हुन्छ प्रणालीलाई दिगो बनाउन उनले प्रसारण निर्देशनालय तथा भार प्रेषण केन्द्रलाई निर्देशन दिएका छन् । प्रणाली नै ट्रिप हुँदा देशका विभिन्न ठाउँमा करिब १० मिनेट विद्युत् आपूर्ति राेकिएकाे थियाे ।

आवश्यक उपकरण बदल्न वा यसका लागि बजेट आवश्यक परे व्यवस्थापन गर्न आफू तयार रहेको पनि उनले बताए । पछिल्ला दिनमा उपत्यका लगायत देशभर जाडो बढेकाले त्यही अनुसार विद्युत् माग पनि बढ्दै गएको छ । शाक्यका अनुसार हिजो (आइतबार) उपत्यकाको माग ४ सय मेगावाट नाघेको थियो ।

शनिबार १३ सय १८ मेगावाट रहेको विद्युत्को उच्च माग आइतबार एक्कासी सय मेगावाटभन्दा बढी बढेको प्राधिकरणले जानकारी दिएको छ । आइतबार उच्च माग १४ सय ५७ मेगावाट पुगेको थियो । सोमबार १४ सय ७० मेगावाटसम्म पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३