विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखा जिल्लाको बिगू गाउँपालिका वडा नम्बर १ लामाबगरस्थित भीरबाट खसेर बेपत्ता भएका एक पुरुष एक हप्ता बितिसक्दा समेत फेला परेका छैनन् ।

लामाबगरमा सडक निर्माणमा कार्यरत कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ का ४९ वर्षीय दिलबहादुर घर्ती गत पुस ४ गते बिहान भिरबाट लडेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घर्ती नासा हाइड्रो पावरले निर्माण गरिरहेको १६० मेगावाटको लप्ची खोलाका लागि आवश्यक लामाबगर–लुम्नाङ सडक खण्डमा कार्यरत थिए । एमभी दुगड समूहले प्रवद्र्धित लप्ची खोलाको प्रवेश मार्गको एमभी दुगड अन्तर्गतकै सुमो कन्स्ट्रक्सनले काम गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी गंगा पौडेलले घर्तीको खोजी कार्य जारी रहेको तर हालसम्म फेला पार्न नसकिएको जानाकरी दिए । ‘ठूलो भीर र भीरमुनी साँघुरो तामाकोसी नदीको खोंच भएकाले पनि खोजी कार्य जटिल भएको छ,’ उनले भने, ‘उनी १२ दिनअघि मात्र सडकमा काम गर्नका लागि १५ जनाको समूहमा आएका थिए ।’

यसअघि पनि नासा हाइड्रोपावरको सुमो कन्ट्रक्सनमा कार्यरत ३ जनाको भीरबाटै लडी नदीमा डुबेर ज्यान गइसकेको छ । आयोजनाले मजदुरको सुरक्षामा प्रयाप्त ध्यान दिन नसक्दा ज्यान गएको मजदुरहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३