विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा लामो समय सेवा गरेर अवकास भएका इन्जिनियर रबिन्द्रबहादुर श्रेष्ठको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटु रोगको उपचारका क्रममा सोमबार (पुस ६ गते) थापाथलीस्थित नर्भिक अस्पतालमा अपरान्ह २ बजे ७३ वर्षको उमेरमा उनको निधन भएको हो ।

प्राधिकरणमा उपकार्यकारी निर्देशकसम्म भएर अवकास भएका उनले बेलायतबाट जलविद्युत्मा स्नातकोत्तर गरेका थिए । उनी प्राधिकरणभित्र एक कर्मठ, अनुशासित र हक्की स्वभावका इन्जिनियर मानिन्थे । सार्वजनिक रूपमा समेत उनी स्वच्छ छवि भएका र इमान्दार इन्जिनियर मानिन्थे ।

श्रेष्ठलाई पछिल्लो समय आँखामा समेत समस्या देखिएको थियो । कोरोना महामारी बीचमै उनी उपचारका लागि अष्टे«लिया पुगेका थिए । त्यहाँ करिब ३ महिना बसेर उपचार गरी करिब २ महिना अघिमात्र उनी नेपाल फर्केका थिए ।

सरकारी सेवाबाट अवकास भएपछि पनि जलविद्युत्को गुणात्मक विकासका सम्बन्धमा उनले पत्रपत्रिकामा निरन्तर लेखहरू लेख्दै र बोल्दै आएका थिए । जलविद्युत् आयोजना सरकारी लगानीमा निर्माण गरी सर्वसाधारणलाई सस्तोमा बिजुली उपलब्ध गराउनुपर्छ भन्नेमा उनको सधैं जोड रहन्थ्यो । सस्ता आयोजना निजी क्षेत्रलाई दिन नहुनेमा पनि उनी अडिग थिए ।

विद्युत् उत्पादन गरी भारत निकासी गर्ने सम्बन्धमा उनले सधैं असहमति राख्दै आएका थिए । देशको जलविद्युत् सबैभन्दा सस्तो हुने हुँदा भारतीय कोइलाको बिजुलीसँग सौदाबाजी गर्न नहुने उनको तर्क रहन्थ्यो । उनी पहिला देशभित्र पर्याप्त गुणस्तरीय विद्युत् वितरण गरेरमात्र अन्य विकल्प वा बेच्ने सम्भावना खोज्नुपर्नेमा अडिग थिए ।

१७ वर्षकै उमेरमा चीन पुगेर अध्ययन गरेका उनले नेपाली काँग्रेसका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको उत्प्रेरणाले आफूले जलविद्युत् अध्ययन गरेको बताउँथे । पछि, उनकै भाइ अर्थात् गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनको सरकारी जागिर खोसुवामा परेको थियो ।

जागिर खोसिएपछि सर्वोच्च अदालतबाट मुद्दा जितेर उनले पुनः सेवालाई निरन्तरता दिएका थिए । राष्ट्रहित र स्वार्थमा बोल्न तथा लेख्न कहिल्यै नहिच्किचाउने श्रेष्ठ जलविद्युत् क्षेत्रका थोरैमात्र स्वच्छ छवि बनाएका इन्जिनियरहरू मध्येमा पर्छन् ।

प्राधिकरणबाट अवकास भएपछि धमाधम निजी क्षेत्र, विदेश वा गैरसरकारी संस्थामा जागिर खाने कर्मचारीहरूमा उनी एक अपवाद थिए । अवकास भएको करिब दुई दशकसम्म पनि उनले कुनै निजी क्षेत्रको जलविद्युत् आयोजना तथा संस्थामा काम गरेनन् ।

१० मेगावाटको सुनकोसीका मुख्य डिजाइनकर्ता तथा २२ मेगावाटको चिलिमेका योजनाकार उनै श्रेष्ठ रहेको कुरा निकै थोरैलाई मात्र जानकारी छ । उनले प्राधिकरणभित्र युवा इन्जिनियरलाई प्रोत्साहन गरेर मानव संसाधानको जगलाई निकै बलियो बनाएका थिए । देशमा प्राधिकरणका इन्जिनियर जति अनुभवी, क्षमतावान र दक्ष अन्य क्षेत्रमा नरहेको उनले निरन्तर बताउने गर्थे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष जुद्धबहादुर श्रेष्ठ (२०२४–२०२८) का छोरा रबिन्द्र ललितपुरस्थित झम्सिखेलमा बस्थे । विराटनगरमा जन्मेका स्वर्गीय श्रेष्ठका दुई छोरी तथा श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३