विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

उदयपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले त्रियुगा नदीको बाढीले पुर्‍याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री खड्काले आइतबार उदयपुरस्थित त्रियुगा नदी, वरुवा नदी, कोसी नदीलगायतमा आएको बाढीले पुर्‍याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । 

निरीक्षणका क्रममा मन्त्री खड्काले सीमित स्रोत र साधनका बिच जनताको आवश्यकतालाई पुरा गर्न सरकार लागेको बताए । उनले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएकाले सरकारले जनताको आकांक्षालाई क्रमागत ढंगले सम्बोधन गर्ने स्पष्ट पारे । 

मन्त्री खड्काले वर्तमान सरकार जनताप्रति उत्तरदायी रहेको बताए । उनले स्थानीय तहमा देखिएका समस्या समाधानमा स्थानीय सरकारसँग सहकार्य गरेर केन्द्र सरकारले काम गर्ने उल्लेख गरे । 

कार्यक्रममा पूर्वमन्त्री एवम् उदयपुर क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य डा नारायण खड्काले त्रियुगा नदीले उदयपुरमा वर्षेनी ठूलो समस्या उत्पन्न गराउँदै आएकाले उक्त समस्या समाधानमा सरकार लाग्नुपर्ने बताए । 

निरीक्षणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरीता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक दिनेश भट्ट, बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीलगायत सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३