विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युतमा लगानी गरेका एक दर्जन कम्पनीले करिब ५ करोड कित्ता साधारण सेयर निष्कासनको तयारी गरेका छन् । निजी लगानीमा निर्माणाधीन तथा सम्पन्न भई सञ्चालनमा आएका जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेका हुन् ।

यी कम्पनीले सेयर निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएका अधिकांश जलविद्युत कम्पनीले वर्षौंसम्म पनि स्वीकृति पाउन सकेका छैनन् । सबै प्रक्रिया पूरा भइनसकेकाले यो कम्पनीले अझै स्वीकृति पाएन सकेको छैन ।

बोर्डमा आवेदन दिनेमध्ये सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्दैछ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गरेर बाँडफाँड गर्नेछ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । यो कम्पनीले २०७६ माघ ७ मा बोर्डमा आवेदन दिएको भए पनि अहिलेसम्म  सेयर निष्कासनको अनुमति पाउन सकेको छैन । 

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु दूधकोसी आयोजनाको प्रवर्द्धक साहस ऊर्जा कम्पनीले पनि १ करोड ५ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि गत मंसिर २४ गते बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीको सेयर एनआइबीएल एसीइ क्यापिटलले निष्कासन गरी बाँडफाँड गर्ने जिम्मेवारी पाएको छ । 

यस्तै, बुटवल पावर कम्पनी (बिपिसी) को सहायक न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको ४० करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गरी बाँडफाँड गर्न लागेको हो । यो कम्पनीले पनि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । 

शुभम पावर कम्पनीले ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८० हजार ५ सय ८० कित्ता सेयर निष्कासन गर्दैछ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिबीआइएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेर प्रक्रिया अघि बढाएको छ । 

सिइडिबी हाइड्रोपावर डेपलपमेन्टले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता सेयर निष्कासन गर्दैछ । विभिन्न जलविद्युत आयोजनामा लगानी गर्दै आएको कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराईज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिएको छ । सिइडिबीले २०७४ असार २७ गते बोर्डमा आवेदन दिएको थियो । तर, सबै प्रक्रिया पूरा नभएकाले अहिलेसम्म अनुमति पाउन सकेकाे छैन ।

यस्तै, तेह्रथुम पावर कम्पनीले सर्वसाधारण र स्थानीयका लागि छुट्याएको १२ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले तेह्रथुममा निर्माण सम्पन्न साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको सेयर एनआइबीएल एसीइ क्यापिटलले निष्कासन गरी बाँडफाँड गर्नेछ । कम्पनीले सेयर निष्कासनका लागि २०७६ असाेज १३ गते आवेदन दर्ता गराएकाे थियाे । बाेर्डले मागेका सबै कागजात बुझाइनसकेकाले सेयर निष्कासनकाे अनुमति पाएकाे छैन । 

हिमालयन हाइड्रोपावर कम्पनीले पनि स्थानीय र सर्वसाधारणका लागि छुट्याएको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । याे कम्पनीले बाेर्डमा आवेदन दिएकाे १ वर्ष नाघिसकेकाे छ । कम्पनीले २०७६ असोज २७ गते आवेदन दिएकाे थियाे ।

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ लाख कित्ता सेयर निष्कासन गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । मैलुङ इनर्जी नेपालले सर्वसाधारणका र स्थानीयका लागि छुट्याएको ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्वार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । 

बोर्डको स्वीकृती पर्खिरहेको ग्रिनलाइफ हाइड्रो पावरले पनि ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासनको तयारी गरेको छ । कम्पनीले दोलखामा निर्माणाधीन ४० मेगावाटको खानीखोला–१ जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । 

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न मेघा क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले दोलखाको सिंगटी खोलामा २५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरेको छ ।

रुरु जलविद्युत परियोजनाले ८ लाख १५ हजार ४ सय ११ कित्ता सेयर निष्कासन गर्दैछ । यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई प्रतिकित्ता एक सय रुपैयाँमा र सर्वसाधारणका लागि प्रतिकित्ता १ सय २० रुपैयाँमा सेयर बिक्री गर्न लागेको हो । 

कम्पनीले ४ लाख ७ हजार ७ सय ५ कित्ता सेयर स्थानीयका लागि र बाँकी ४ लाख ७ हजार ७ सय ६ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेर बाँडफाँड गर्नेछ । सेयर निष्कासन गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

मैलुङ खाेला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्दैछ । याे कम्पनीले ३ वर्षदेखि बाेर्डकाे स्वीकृति पर्खिरहेकाे छ । कम्पनीले २०७४ माघ १८ गते आवेदन दिएको थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit