विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले १ः१ अनुपातका दरले हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्न नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक र सनराइज क्यापिटललाई सह–बिक्री प्रबन्धकमा चयन गरेको छ । कम्पनीले आफ्नो सेयरधनीलाई हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक चयन गरेको हो ।

बिक्री प्रबन्धकका लागि मंसिर २६ गते (सोमबार) कोष, कम्पनी र सनराइज क्यापिटलबीच सम्झौता भएको छ । सय रुपैयाँ अंकित १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गर्न बिक्री प्रबन्धक तोकिएको हो ।

हकप्रद सेयर निष्कासनपश्चात संकलन भएको पूँजी र माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट भएको आम्दानी २० मेगावाटको रोल्वालिङ, ९९ मेगावाटको माथिल्लो तामाकोसी ५ र अन्य  आयोजनामा लगानी गरिने कम्पनीले जनाएको छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड २०० रुपैयाँ हुनेछ । कम्पनीको दोलखामा ४५६ मेगावाटमो माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit