काडमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.७० प्रतिशतले घटेको छ । साताको छैटौँ दिन (शुक्रबार) सेयर कारोबार बन्द हुँदा नेप्से घटेर २२३५.०९ बिन्दुमा पुगेको छ ।
सेयर कारोबार बन्द हुँदा नेप्से १५.८२ अंकले घटेको छ । नेप्से घट्दा २२३ कम्पनी २५ लाख २४ हजार २ सय ६८ कित्ता सेयर १९ हजार १ सय ९ पटक सेयर कारोबार भएको छ । यी सेयर खरिद बिक्री हुँदा ९३ करोड २२ लाख ६ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै, जलविद्युत समूहको ०.२६ प्रतिशतले घट्दा २३३७.६६ बिन्दुमा पुगेको छ । यो समूहको ९ लाख ५७ हजार ७ सय ८० कित्ता सेयर ७ हजार ५ सय ९१ पटक किनबेच हुँदा ३५ करोड ६४ लाख ३९ हजार ८१ रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहको सेयर कारोबार घटे पनि म्यिूचूअल फन्डको भने ०.४६ प्रतिशतले बढेको छ ।