विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले रामेछाप र दाेलखाकाे सिमा भइ बग्ने खिम्ती खोलामा निर्माण गरिरहेको ४८.८ मेगावाटकाे खिम्ती-२ जलविद्युत आयोजनाको काम ६० प्रतिशत पुरा भएको छ । कम्पनीले २०७८ साल साउनदेखि निर्माण सुरु गरेको आयोजनाको आधा भन्दा बढी सकिएको हो ।

आयोजनाको बाँध, सुरुङ, विद्युतगृह लगायत सबै संरचनाको काम समान रुपमा भइरहेकाे कम्पनीका अध्यक्ष कृष्ण आचार्यले बताए । बाँध क्षेत्रकाे काम द्रुत गतिमा अघि बढेकाे छ । ‘अहिले आयोजनाको ८ हजार मिटर लामो सुरुङमध्ये ५३०० मिटर खन्ने काम सकिएकाे छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सुरुङ खन्ने, सफा गर्ने लगायतका कामहरू ३ सिफ्टमा भइरहेकाे छ ।’

विद्युतगृहकाे काम पनि तिव्र गतिमा भइरहेकाे छ । बाँध, विद्युतगृहकाे काम २ सिफ्टमा भइरहेकाे कम्पनीले जनाएकाे छ । यही गतिमा काम अघि बढेमा र कुनै अवराेध सिर्जना नभएमा अबको डेढ वर्षभित्र सबै काम पुरा भइ विद्युत उत्पादन सुरु  हुने आचार्यले बताए ।

आयोजनाबाट उत्पादन विद्युत १३२ केभी प्रसारण लाइन मार्फत ४ किलोमिटर दुरीमा रहेकाे नेपाल विद्युत प्राधिकरणको न्यू-खिम्ती सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मकाे आवश्यक प्रसारण लाइनकाे काम पनि भइरहेकाे छ ।

आयोजना पूरा भएपछि वार्षिक २६ करोड युनिट विद्युत उत्पादन हुनेछ । सुख्खायाममा साढे ४ करोड युनिट र वर्षायाममा साढे २१ करोड युनिट विद्युत उत्पादन हुने अध्ययनले देखाएकाे छ ।

कम्पनीले सुरुवातमा यो आयोजना ३ वर्षमा सम्पन्न गर्ने गरी इपिसिएफ (इन्जिनियरिङ, खरिद, निर्माण तथा वित्तीय व्यवस्थापन) मोडलमा निर्माण गर्न चीनको च्वङक्विङ वाटर टर्बाइन वर्क (सिडब्ल्युटिडब्ल्यु) कम्पनीलाई जिम्मा दिएको थियो । सबै प्रक्रिया पूरा गरी आयोजनाको काम थाल्ने समयमा कोरोना (कोभिड–१९) महामारी सुरु भएकाले चीनियाँ कम्पनीका प्राविधिक तथा कामदार चीनबाट नेपाल आउन नसकेपछि कम्पनीले नेपालकै हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरी सिभिलको काम अघि बढाएको हो ।

आयोजना सम्पन्न गर्न ८ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । तर, कोरोना माहामारीका कारण निर्माणमा ढिलाई तथा सिमेन्टबाहेकका उपकरण तथा निर्माण सामग्रीको मुल्य बढेकाले लागत केही बढ्ने सम्भावना देखिएको कम्पनीले जनाएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा अन्य ९ बैंकले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३