विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पेशाले चार्टर्ड एकाउन्टेन्ट सञ्जु अधिकारीले आफ्नो पहिलो साहित्यिक कृति ‘इन्द्रेणी स्पर्श’ बजारमा ल्याएकी छन् । पेशासँगसँगै नृत्य र खेलकुदमा समेत रुची राख्ने उनले साहित्यलाई पनि अँगालेकी छन् । यसैको उपज हो, उनको औपन्यासिक कृति ‘इन्द्रेणी स्पर्श’ ।

घरपरिवार, पेशा, खेल र त्यो भन्दा पनि पर साहित्यको फराकिलो धरातलमा समेत अधिकारीले पाइला राखेर यात्रा सुरु गरिसकेकी छन् । यस यात्राको पहिलो पाइलामै उनले प्रशस्त प्रशंसा बटुलेकी छन् । विगतमा सितोरियो कराँतेकी कुशल खेलाडी उनले उपन्यासभित्र महिलाका पीडा, संवेदना, जीवनका भोगाइ र परिवर्तित परिवेशमा उभिएर परम्परागत मूल्य तथा मान्यतालाई वस्तुपरक ढंगले विश्लेषण गर्ने प्रयास गरेकी छन् । 

कलम प्रकाशनले बजारमा ल्याएको उपन्यासमा पात्रको व्यक्तिगत भोगाइए र प्रतिक्रिया तथा यसका कथालाई परिस्थितिजन्य हिसाबले उतारिएको छ । मानव जीवनका अनेकन सम्बन्धको रङलाई उपन्यासमा इन्द्रेणीसँग तुलना गरिएको बुझ्न सकिन्छ । जसले नेपाली माटो, परिवेश, यहीँको मौलिकता र जीवनपद्धतिलाई अंगिकार गरेको छ ।

अधिकारीले उपत्यकाकी स्थायी बासिन्दा भएको हुँदा पात्र, परिवेश र वातावरणले यसलाई खिचेको छ । खासमा ‘इन्द्रेणी स्पर्श’ले सामाजिक परिवेश र मौलिकतालाई समयानुकूल तराजुमा राखेर प्रेमको गहिराई नाप्ने प्रयास पनि गरेको छ । जसको हरेक स्पर्शले प्रेम र सद्भाव बाँड्ने प्रयत्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit