विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठाडमौं । दोभान हाइड्रो पावर लिमिटेडले ३३ केभी सिंगल सर्किट प्रसारण लाइनको काम ८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनीले कोशी प्रदेश अन्तर्गत सोलुखुम्बु जिल्लामा निर्माण गर्न लागेको ६ किलोमिटर लामो लाइनको काम ८ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको हो ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन जुनबेँसी खोला जलविद्युत आयोजनाको स्वीचयार्डदेखि सोलुदूधकुण्ड नगरपालिका–३ मा प्रवर्द्धक वेनी हाइड्रो पावर प्रोजेक्ट प्रालिबाट प्रवर्द्धित माथिल्लो सोलु खोला जलविद्युत आयोजनाको स्चिर्याडसम्म ६ किलोमिटर लामो सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले प्रसारण लाइन निर्माणका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजना निर्माणको काम अघि बढाउने पनि कम्पनीले जानकारी दिएको ।

विभागले लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सरोकारवासँग राय/सुझाव पेस माग गरेको छ । विभागले सरोकारवालाई ३५ दिनभित्रमा लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ ।

यस लाइनबाट ५.२ मेगावाटसम्मको विद्युत प्रसारण गर्न सकिनेछ । ६ किलोमिटर लम्बाई भएको यस लाइनमा जम्मा १३० वटा पोलहरू खडा गरिनेछ । पोलको अधिकतम उचाई १३ मिटर तथा पोलहरूबीचको दूरी ४६.१५ मिटर हुने अध्ययनले देखाएको छ । आयोजनाको लागि करिब ४.६७२ हेक्टर जमिन आवश्यक पर्नेछ । प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, वायु प्रदूषण आदिद्वारा वातावरणमा प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit