विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तल्लो र माथिल्लो भोल्टेज स्तरको थ्री फेज मिटर जडानको काम आवेदन दिएको १० दिनभित्र गर्नेछ । प्राधिकरणले थ्री फेज विद्युत आपूर्ति लिन इच्छुक ग्राहकले आवेदन दिएको १० दिनभित्र मिटर जडान गरी सहज रुपमा सेवा उपलब्ध गराउने भएको हो ।

सिंगल फेज मिटर कनेक्सन ५ दिन र थ्री फेज मिटर कनेक्सन १० दिनमा सम्पन्न गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सो दिनभित्र काम सम्पन्न नभएमा जानकारी गराउनुपर्नेछ ।

आफ्ना ग्राहकहरूलाई छिटो छरितो रूपमा सेवा प्रवाह गर्न सदैव अग्रसर रहेको प्राधिकरणबाट सिङ्गल फेज मिटर कनेक्सन र थ्री फेज मिटर कनेक्सन (जीआईएस गर्नुपर्ने बाहेक) आवेदन दिएको मितिले क्रमशः ५ दिन र १० दिनभित्र नभएमा जानकारी गराउन अनुरोध गरेको छ ।

ग्राहकले थ्री फेज मिटरका लागि अनलाइनबाट आवेदन दिन सक्नेछन् । पहिलेदेखि नै परीक्षणका रुपमा रहेको अनलाइन प्रविधि सफल भएपछि देशव्यापी रुपमा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit