विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक चार प्रसारण लाइन आयोजना निर्माण अघि बढाएको छ । प्राधिकरणले देशका विभिन्न जिल्लामा पहिचान भएको निर्माणाधीन, निर्माण सम्पन्न र निर्माणमा जान लागेका आयोजनाको विद्युत प्रवाह हुने लाइन निर्माण गर्न लागेको हो ।

१३२ केभी क्षमताको अमरपुर–ढुंगेसाँघु, गोदक–सोयाक र ढल्केबर– लोहरपट्टि र ३३ केभी क्षमताको त्रिशुली ३–बी हब सबस्टेसनदेखि कालिकास्थान सबस्टेसनसम्मको लाइन निर्माण गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अमरपुर–ढुंगेसाँघु, गोदक–सोयाक र त्रिशुली ३–बी हब सबस्टेसनदेखि कालिकास्थान  सबस्टेसनसम्मको लाइनको भने अध्ययन पूरा भई निर्माण अनुमतिका लागि आवेदन दिइएको छ ।

अध्ययन पूरा भएको यी लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको प्राधिकरणले जनाएको छ । कम्पनीलाई अनुमतिपत्र दिन विभागले ३५ दिने सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवासँग राय–सुझाव मागेको छ ।

२०० मेगावाट विद्युत प्रवाह क्षमता भएको अमरपुर–ढुगेंसाँघु लाइन करिब २० किलोमिटर लामो छ । यो लाइन पाँचथर जिल्लाको प्राधिकरणको अमरपुर सबस्टेसनदेखि ताप्लेजुङ जिल्लाको ढुंगेसाँघु  सबस्टेसनसम्म निर्माण गरिनेछ । यो लाइनको काम निर्माण सुरु भएको साढे २ वर्षमा सम्पन्न गरिने  प्राधिकरणले जनाएको छ ।

यस्तै, गोदक–सोयाक पनि २०० मेगावाट विद्युत प्रवाह क्षमताको लाइन हो । यो लाइन इलाम जिल्लाको गोदक सबस्टेसनदेखि सोही जिल्लाको सोयाक सबस्टेसनसम्म निर्माण हुनेछ । यो लाइनको काम २ वर्षमा सम्पन्न गरिनेछ ।

त्रिशुली ३‘बी’ –कालिकास्थान लाइन भने ३३ केभी क्षमताको हो । प्राधिरणले ८ मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न यो लाइन निर्माण गर्न लागेको हो । यो लाइनको काम २०७९ पुस भित्र सम्पन्न गर्ने प्राधिकरणले जनाएको छ ।

ढल्केबर–लोहरपट्टि लाइनको भने जग्गाको मुआब्जा दाबीका लागि सूचना प्रकाशित गरेको छ । प्राधिकरणले धनुषा जिल्ला साबिक बेङ्गाडावर, ढल्केबर, बटेश्वर र शान्तिपुर गाविस (हाल मिथिला नगरपालिका र बटेश्वर गाउँपालिका) का विभिन्न वडामा जग्गा प्राप्ति गर्न सुचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit