विद्युत अपडेट

  • प्राधिकरण : ७१५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४४५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५१५६ मे.वा.घन्टा
  • आयात : ११०९८ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : २७७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६३८ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २११४ मे.वा.
२०८२ ब‌ैशाख २७, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तनहुँ । तनहुँकाे व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट खानेपानी योजना अधुराे भएकाे छ । निर्माणमा संलग्न व्यवसायीको लापरवाहीका कारण उक्त योजना समयमै निर्माण गर्न नसकिएको हो । भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना निर्माण गर्न लागिएको हो ।

निर्माणको ठेक्का पाएको ‘पराजुली कन्स्ट्रक्सन’का सञ्चालक सतिश पराजुलीले निर्माण कार्य बाँकी छाडेर सम्पर्कविहीन भएपछि उक्त योजना सम्पन्न हुन नसकेको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।

सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना अघि बढाइएको थियो । विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा उक्त योजनाबारे सम्झौता भएको व्यवस्थापक श्रेष्ठले बताए ।

उक्त योजनाको हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति रहेको छ । 'तीन पटकसम्म योजना निर्माणको म्याद थप गरिसकेका छौँ', उनले भने ।व्यवस्थापक श्रेष्ठका अनुसार अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको रिजर्भ टयांकी निर्माण गरिएको छ ।

तर ५० हजार लिटर क्षमताको टयांकी निर्माण कार्य अधुरै छ । १९ करोडको लागतमा उक्त आयोजना निर्माण कार्य अघि बढाइएको हो । 'निर्माणमा  ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भएको छु,' उनले भने ।

व्यास–४ चुरेखोल्सीस्थित मादी नदीबाट पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको हो । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भएको हो । संस्थाले हालसम्म दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।

व्यास–१३ करादी खिरखादी मुहानबाट ल्याएर पानी वितरण गरिँदै आएको छ । सो क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानी अभाव भएको हो । उक्त अभाव पूरा गर्न वैकल्पिक खानेपानीको रूपमा मादी नदी लिफ्टिङ खानेपानी योजना निर्माण अघि बढाइएको व्यवस्थापक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३