विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जुम्ला जिल्ला एक सातामा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण प्रणालीकाे ११ केभी वितरण लाइन विस्तार गरी जिल्लामा विद्युत पहुँच पुर्याउन लागेको हो ।

विद्युत सेवा विस्तार गर्न निर्माण गरिएको वितरण लाइनको काम अन्तिम चरणमा पुगेको छ । जिल्लामा विद्युत पहुँच पुर्याउन कालिकोटदेखि जुम्लाको कालंगा बजारसम्म करिब ७५ किलोमिटर लाइन निर्माण गरिएको प्राधिकरण जुम्ला वितरण केन्द्र प्रमुख गौरव पाण्डले बताए । 

‘जुम्ला पहिलो पटक राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘जिल्लामा विद्युत पहुँच पुगेपछि तिला र तातोपानी गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका करिब ५ हजार बढी घरधुरीमा सेवा पुग्नेछ ।’

एक वर्ष अघिबाट निर्माण सुरु गरिएको वितरण लाइनको जुम्लातर्फको काम सकिएको छ । कालीकोट तर्फको बाँकी काम पुरा गरी एक साताभित्र विद्युत सेवा सुरु गर्ने लक्ष्य रहेको पाण्डेले बताए ।

शनिबारदेखि नै वितरण लाइनको परीक्षण गर्ने योजना भए पनि कालिकोट भिग्मा भन्ने ठाउँमा खसेको पहिरोले १५ वटा पोलमा क्षति पुर्याएको उनले बताए । ३ दिनभित्र पूरा गर्ने गरी पोलको मर्मत तथा बदलीको काम भइरहेको छ । 

अहिले यो क्षेत्रमा चन्दननाथ नगरपालिकामा रहेको २२० किलोवाटको लघुजलविद्युतबाट विद्युत वितरण भइरहेको छ । प्राकृतिक विपद्का कारण क्षति पुगेको आयोजना ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारतको अनुदानमा पुनर्निर्माण गरी गत बैशाख २२ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । पुरानो भएर उत्पादन घट्दै गएपछि पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत जिल्लाका करिब २ हजार घरधुरीमा वितरण गरिएको छ । नगरपालिका अन्तर्गत उपभोक्ता बढेपछि आयोजनाको क्षमता बढाएर पुनर्निर्माण गरिएको पाण्डले बताए । 

२०० किलोवाटको लघुजलविद्युत आयोजना २०३७ सालमा निर्माण सुरु गरी २०३९ सालबाट सञ्चालनमा ल्याइएको ल्याएको थियो । विद्युत प्राधिकरणको स्वामित्वमा रहेको आयोजना २०५६ सालदेखि जुम्ला साना जलविद्युत् उपभोक्ता समितिले भाडामा सञ्चालन गरेको थियो । जुम्लामा वितरण केन्द्र स्थापना भएपछि भने २०७७ जेठ १८ गतेदेखि प्राधिकरण आफैंले सञ्चालन तथा मर्मत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit