विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन् । मन्त्री भुसाल र राजदूतबीच सोमबार (बैशाख २६ गते) मन्त्रालयमा भेट भएको हो ।

सो अवसरमा राजदूत किकुताले अप्रिल २३ र २४ मा जापानमा भएको चौथो एशिया–प्यासिफिक जल सम्मेलनमा सहभागिताको लागि भुसाललाई धन्यवाद दिए ।

भेटमा राजदूत किकुताले नेपाल र जापान बीचको सम्बन्धको महत्वलाई प्रकाश पार्दै द्विपक्षीय सहयोगको लामो इतिहास विशेषगरी कुलेखानी जलविद्यत आयोजना लगायतका ऊर्जा क्षेत्रमा सन् १९७० को दशकमा भएको उल्लेख गरे । राजदूतले जापान सरकारले हालै ‘नेपालका लागि देश विकास सहयोग नीति परिमार्जन गरेको र ‘सन्तुलित र दिगो आर्थिक वृद्धिका लागि सहयोग’ नीतिको प्रमुख लक्ष्यका आधारमा नेपालको राष्ट्रिय उपलब्धिमा जापानले सहयोग जारी राख्ने बताए ।

राजदूत किकुताले नीतिअनुरुप ऊर्जा र जल क्षेत्र, मानव संसाधन विकास, विपद् रोकथाम, गरिबी न्यूनीकरणलगायतका सामाजिक तथा आर्थिक पूर्वाधारको विकासमा जापानले सहयोग जारी राख्ने बताए । राजदूत किकुता र मन्त्री भुसालले नेपालको सामाजिक आर्थिक विकास र दुई देशबीचको सम्बन्ध अभिवृद्धिमा थप सहकार्य जारी राख्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit