विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रिडी हाइड्रो पावर कम्पनीले सोलार प्यानल मुनीको जग्गा कृषि जन्य उपज उत्पादनका लागि उपयोग गरेको छ । कम्पनीले साढे ८ मेगावाटको बुटवल सौर्य विद्युत आयोजनाको प्यानल मुनी तथा वरपरको जग्गामा बेसार, किम्ची साग, लसुन, प्याज खुर्सालीलगायत कृषि उपज लगाई जमिनको उपयोग गरेको हो ।

प्यानल मुनीको जग्गामा सबैभन्दा बढी बेसार खेती लगाइएको छ । सौर्य विद्युत आयोजनाबाट विद्युत उत्पादन बाहेक पनि यो वर्ष प्यानल मुनीबाट १२ टन बेसार उत्पादन हुन लागेको कम्पनीका कार्यकारी निर्देशक कुबेरमणि नेपालले बताए ।

‘बेसारलाई सेपिलो ठाउँ चाहिने रहेछ,’ उनले ऊर्जा खबरसँग भने, ‘यही कारण पनि प्यानल मुनीको जग्गामा बेसार खेती फस्टाएको छ । प्यानल पखाल्न प्रयोग हुने पानीले सिँचाइको काम गर्ने हुँदा राम्रो उत्पादन लिन सकिने रहेछ ।’उनले यो वर्ष १ हेक्टर क्षेत्रफलमा लगाइएको बेसार खेती अर्को वर्ष बढाउने योजना रहेको बताए ।

यो वर्ष उत्पादन हुने बेसार सबै बिउका लागि राखेर अर्को वर्ष १ सय टन उत्पादन गर्ने लक्ष्य छ ।यो वर्ष १ टन बेसार खनेर निकालिएको पनि नेपालले बताए ।

‘सौर्य विद्युत आयोजना निर्माण गर्दा खेती योग्य जमिन मास्न नहुने कुरा उठिरहेको छ । तर, खाली जमिनको सदुपयोग गर्न सक्दा कृषि उपज उत्पादन गर्न सकिने रहेछ’ उनले भने ।

आयोजना वरपरको खाली जग्गामासमेत किम्ची साग, लसुल, व्याज र खुर्साली लगाइएको छ । उत्पादन भएको किम्ची साग भाटभटेनी सुपरमार्केटले खरिद गर्दै आएको छ । कम्पनीले अहिलेसम्ममा प्रतिकिलो ७० रुपैयाँमा २ क्विन्टल किम्ची साग बिक्री गरेर आम्दानी  गरेको छ ।

यो वर्ष परीक्षणका लागि मात्रै लगाइएकाले अर्को वर्षदेखि व्यावसायिक बेसार तथा तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने योजना रहेको नेपालले बताए । प्यानल मुनीको घाँसको उपयोग गर्न सय वटा खसी बोका पाल्ने पनि कम्पनीले जनाएको छ ।

कम्पनीले निर्माण गरेको सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । कम्पनीले लगानी गरेका २.४ मेगावाटको रिडी खोला, ०.५ मेगावाटको रैराङ खोला र ९.९ मेगावाटको इवाखोला गरी ३ जलविद्युत केन्द्र सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit