विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी कालीगण्डकी–रिडी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम बैशाखदेखि सुरू गर्ने भएको छ । प्राधिकरणले गण्डकी प्रदेशको स्याङ्जादेखि लुम्बिनी प्रदेशको पाल्पासम्मकाे २२.५ किलोमिटर लामो लाइनको काम सुरू गर्न लागेको हो ।

लाइन निर्माण गर्न ठेक्का सम्झौता सम्पन्न भएको आयोजना प्रमुख रमेश प्रसाद पौडेलले बताए । ‘लाइन निर्माण गर्न श्रीमाकोन कम्पनीले ठेक्का पाएको छ’, उनले भने, ‘२ वर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ ।’

स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको स्विचयार्डदेखि सोही जिल्लाको गल्याङ नगरपालिका हुदै पाल्पाको बगनासकाली गाउँपालिका, तानसेन नरपालिकास्थित प्रस्तावित १३२/३३ केभी रिडी सबस्टेसनसम्म लाइन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

२३० मेगावाट विद्युत प्रवाह क्षमता भएको लाइनमा ८२ वटा टावर रहनेछ । एक टावरदेखि अर्को टावरसम्मको दुरी न्यूनतम १३५ र अधिकतम ७६४ मिटर हुनेछ ।

लाइन निर्माण सुरु भएको २ वर्षमा पूरा गरिने प्राधिकरणले जनाएको छ । लाइनको काम पूरा गर्न ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । 

लाइन अन्तर्गत रिडी सबस्टेसन निर्माण हुनेछ । सबस्टेसनको ठेक्का सम्झौता चालु आर्थिक वर्ष २०७८/७९ भित्र पूरा गरिने पनि पौडेलले बताए ।सबस्टेसनको काम २०७९/७० देखि सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit