विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बर्खाको बाढीले क्षतिग्रस्त १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइनको टावर निर्माणको काम सुचारु गर्ने तयारी गरेको छ । गत बर्खाको बाढीले ढालेका प्रसारण लाइनका ४ वटा टावरको सट्टामा नयाँ टावर निर्माण गर्ने कार्य सुरु हुन लागेको हो ।

प्रसारण लाइनको नयाँ टावर राख्न जग्गा अधिग्रहणको प्रक्रिया पूरा भइसकेको छ । बाढीले प्रसारण लाइनको टावर निर्माण भएको जग्गा समेत बगाएकाले नयाँ टावर ठड्याउन फेरि जग्गा खरिद गर्नु परेको आयोजना प्रमुख प्रमुख रमेश पौडेलले बताए ।

‘टावर मात्रै ढलेको भए त पुनर्निर्माण गरेर प्रसारण लाइन तयार गरिसक्ने थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘बाढीले प्रसारण लाइनको टावर र जग्गा एकसाथ बगाएकाले फेरि खरिद गरेर नयाँ ठाउँमा टावर ठड्याउनु पर्ने भएकाले समय लागेको हो ।’

उनले प्रसारण लाइनको टावर निर्माणका लागि उपकरण खरिदको प्रक्रिया अघि बढाइसकेको बताए । उपकरण आएपछि नै टावर ठड्याएर तार तानी प्रसारण लाइन सञ्चालनका लागि तयारी अवस्थामा पुर्याउने उनले बताए ।

प्रसारण लाइनको टावर ठड्याई तार तान्ने काम सम्पन्न गर्न बढीमा २ महिनाको समय लाग्ने उनले जानकारी दिए । प्रसारण लाइन अन्तर्गत कीर्तिपूर सबस्टेसनको निर्माण यसअघि नै सम्पन्न भइसकेको छ ।

बर्खाको बाढीले ४ वटा टावर ढालेपछि प्रसारण लाइनको निर्माण भने लम्बिन पुगेको हो । बाढीले प्रसारण लाइनको टावर र जग्गा बगाउँदा ३ करोड रुपैयाँ बढीको क्षति भएको थियो । प्रसारण लाइन आयोजनाको अनुमानित लागत ३२ करोड रुपैयाँ छ ।

प्राधिकरणले लमजुङको दोर्दी कोरिडोरमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न यो प्रसारण लाइन निर्माण गरिरहेको हो । यो प्रसारण लाइनमा प्रवाह हुनेगरी २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, २७ मेगावाटको दोर्दी खोला, ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ लगायत आयोजना निर्माणधीन छन् ।

२२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन अन्तर्गतको उदिपुर सबस्टेसनको निर्माण पूरा नभएकाले दोर्दी कोरिडोरका आयोजनाको विद्युत तत्कालका लागि मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डमा लगेर जोड्ने प्राधिकरणको योजना छ । 

यी आयोजनाको विद्युत मध्यमर्स्याङ्दीको स्वीचयार्डसम्म पुर्याउन ६ किलोमिटर मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको प्रयोग हुनेछ । ६ किलोमिटर खण्डको निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit