काठमाडौं । आर्थिक वर्ष (आव) २०८०÷८१ को बजेटमा औद्योगिक क्षेत्रमा प्रयोग हुने स्वच्छ तथा हरित ऊर्जामा अनुदान दिइने भएको छ । आज संसदका दुवै सदनमा अर्थ मन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन्– औद्योगिक क्षेत्रमा प्रयोग हुने हरित ऊर्जाका लागि प्रविधि कोषमार्फत अनुदान दिइनेछ ।