विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अमेरिकी विकास साझेदार निकाय (युएसएआइडी) मार्फत नेपालमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको ऊर्जा नेपालले ऊर्जा क्षेत्रमा महिला नेतृत्व विकास कार्यक्रम सुरु गरेको छ । उसले असोज ७ गते यसलाई औपचारिकता दिएको घोषणा पनि गरेको छ ।

बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी अध्यक्ष पूर्णाकुमारी सुवेदी, ऊर्जा सचिव सुशीलचन्द्र तिवारी लगायत व्यक्तिहरूले कार्यक्रम शुभारम्भ भएको संयुक्तरूपमा घोषणा गरेका थिए ।

कार्यक्रममा मन्त्री भुसालले ऊर्जा क्षेत्रमा समेत महिला सशक्तिकरण बढाउँदै लैजानुपर्ने बताइन् भने सचिव तिवारीले ऊर्जाको नीति निर्माणदेखि व्यवस्थापन क्षेत्रमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यस्तै, युएसएआइडी नेपाल मिसन निर्देशक सेपिदेह किभनशादले ऊर्जा क्षेत्रका नेताहरूलाई लक्षित गरेर नेपालमा ऊर्जा क्षेत्रलाई अगाडि बढाउन सरकारको साझेदारीमा कार्यक्रम सुरु गरिएको बताइन् ।

ऊर्जा नेपालका अनुसार महिलाको नेतृत्व र व्यवस्थापन सीप विकासका लागि ९ महिने कार्यक्रम सुरु गरेको छ । ऊर्जा क्षेत्रमा समेत समतामुलक विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको ऊर्जा नेपालले जनाएको छ ।

महिलाहरुले ऊर्जा क्षेत्रमा काम गर्दा भोगिरेहको दैनिक समस्या र चुनौतीलाई दृष्टिगत गरी ल्याइएको कार्यक्रमले उनीहरुलाई भविष्यमा चाहिने पहिचान र क्षमता वृद्धिका लागि अहिलेको प्राविधिक खाडल अन्त्य र नेतृत्व सिपको सुधारका कार्य गर्ने अपेक्षा गरिएको छ । कार्यक्रम अवधिभरि ऊर्जा क्षेत्रमा प्राविधिक तालिम तथा नेतृत्व र व्यक्तित्व विकास लगायत काम हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३