विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिने नेपाल विद्युत प्राधिकरणका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले विद्युतीय पोल सार्न सेवाग्राहीबाट घुस लिएका काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको पाटन सबस्टेसनका प्रमुख सोमप्रसाद पहाडीलाई नियन्त्रणमा लिएको हो ।

उनलाई सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार पहाडीले ललितपुरको गोदावरी नगरपालिका निवासी स्थानीयको जग्गामा गाडेको विद्युतीय पोल सार्न यो घुस लिएका थिए । 

‘पहाडीले विद्युत प्राधिकरणले गाडेको पोल सार्न सेवा ग्राहीबाट घुस लिएको भन्ने पिडितबाट उजुरी परेको थियो,’ अख्तियारले बिहीबार जारी गरेको सूचनामा भनिएको छ,‘पिडितको उजुरीको आधारमा उनलाई घुससहित नियन्त्रणमा लिएर अनुसन्त्रान सुरु गरिएको छ ।’

उनी सबस्टेसनमा कार्यरत ५ तहका कर्मचारी हुन् । अख्तियारले उनलाई कार्यलयबाटै नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

समय-समयमा सेवाग्राहीबाट घुस लिने तल्लो तहका कर्मचारी उजुरीको आधारमा पक्राउ पर्ने गरे पनि माथिल्लो तहबाट हुने भ्रष्ट्राचारमा भने अख्तियारको ध्यान पुगेको देखिँदैन । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३