विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका अन्तर्गतको बोडेकाे सडकको बिचमा भएको विद्युतीय पोलले जोखिम बढाएको छ । बोडेको डबल लेन सिन्कीटार सडकमा रहेको ११ केभी डबल सर्किट प्रसारण लाइनको पोलले जोखिम बढाएको हो ।

काठमाडौं उपत्यकामा बिजुली आएको समयमा विस्तार गरिएको उक्त लाइनको पोल अहिले मुख्य सडकको बिचमा परेको नेपाल विद्युत प्राधिकरण, ठिमी वितरण केन्द्रका प्राविधिक निल प्रसाद तिमिल्सीनाले बताए ।

‘यो लाइन धेरै पुरानो हो, पहिले सडकभन्दा बाहीर भएपनि पछि सडक बढ्दै जाँदा बिचमा परेको होला, हामीले जागिर खानुअघिको भएर थाहा छैन्’, उनले भने, ‘काठमाडौंमा बिजुली आएदेखिको यो लाइनको पोलले अहिलेसम्म त्यस्तो समस्या निम्त्याएको छैन् ।’

पोल सडकको बीच भागमा छ । सडकको आधा भाग पोलले ओगटेको छ ।  सडकको दाँयाबाँयाबाट सवारी आवतजावत गर्ने गर्छन् ।

सडकको बिच भागमा भएको पोलले जोखिम बढाएकोे स्थानीय राजन भट्टराईले बताए । ‘सहरमा मानिसहरू थपिँदै गएका छन्, सवारी साधनको सङख्या दिनप्रतिदिन बढ्दै गएको छ’, उनले भने, ‘सवारी चालकहरू जहिले हतारमा हुन्छन्, सडकको बिच भागमा भएको पोलमा सवारीहरू कैयौ पटक ठोकिएका छन्, यसले आगामी दिनमा ठूलो समस्या निम्त्याउछ ।’

विद्युतीय संरचना, गुणस्तर आपूर्ति र वितरण लाइनको विषयमा अनुगमन भइरहेको नगरपालिका मेयर सुरेन्द्र श्रेष्ठले बताए । ‘सडकमा भएको यस्तो खालको विद्युतीय संरचनाले देशभित्रका अन्य क्षेत्रमा पनि धेरै दुर्घटना भएका छन्’ उनले भने, ‘अब, अध्ययन अनुसन्धान गरेर सुरक्षाको बाटो अपनाइनेछ ।’

यो लाइनबाट काठमाडौं उपत्यकामा अधिकांश क्षेत्रमा विद्युत वितरण भइरहेको छ । भक्तपुर सबस्टेसनमा स्विचिङ स्टेसन बनाएर ११ केभी डबल सर्किट लाइन मार्फत मुलपानीमा स्विचिङ स्टेसन निर्माण गरेर विद्युत वितरण भइरहेको छ ।

बोडेको खानेपानी केन्द्र पनि यही लाइनबाट सञ्चालनमा छ । ठीमी भक्तपुर क्षेत्रमा पनि यही लाइनबाट सेवा प्रवाह भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit