विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८२ ब‌ैशाख ११, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ

काठमाडौँ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघको १९औं राष्ट्रिय परिषद बैंठक फागुन १९ गते (शनिबार) बुटवलको प्रगतिनगरमा सम्पन्न भएको छ ।  देशभरबाट संस्थागत प्रतिनिधि रहेको कार्यक्रमले १२ बुँदे बुटवल घोषणापत्र जारी गरी बैठक सम्पन्न भएको हो ।

वक्ताहरूले सामुदायिक विद्युतीकरणको दिगो व्यवस्थापनका लागि सरकारले आवश्यक नीति तर्जुमा गरि सामुदायिक संस्थाहरूको सबलीकरण र सम्मान गर्नुपर्ने धारणा राखे । महासघका अध्यक्ष नारायण ज्ञवालीको अध्यक्षतामा रहेको कार्यक्रममा सामुदायिक विद्युतीकरणका समस्या चुनौती र भावि दिनमा महासंघले निर्वाह गर्नु पर्ने भूमिकावारे कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा महासंघको संस्थागत विकास र परिषद व्यवस्थापनमा सहयोग गरेको संस्था प्रगतिनगर सामुदायिक विद्युत् सहकारी संस्था वुटवललाई सम्मान गरिएको थियो ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रि धमैवहादुर चौधरी, नेपाल विद्युत् प्राधिकरणका उप–कार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डे, बुटवल र नेपालगन्ज वितरण केन्द्रका प्रमुख क्रमश कपिलराज पाण्डे, जगन्नाथ लामिछाने, प्रादेशिक कार्यालयका लेखा प्रमुख फर्सुराम पाण्डे , महासंघका सल्लाहकार रामकृष्ण हुमागाई, भौतिक पुर्वाधार विकास मन्त्रालयका इन्जिनियर झलक थापाकाे सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३