विद्युत अपडेट

  • प्राधिकरण : ९५९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५००० मे.वा.घन्टा
  • आयात : ५९८२ मे.वा.घन्टा
  • निर्यात : १८९४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२८४२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५७४ मे.वा.
२०८२ जेठ २९, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

काठमाडौं । १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन बैशाखभित्र सञ्चालनमा नआउने भएको छ । प्रसारण लाइनको निर्माण पूरा भइनसकेकाले सञ्चालनमा आउने तालिका फेरि धकेलिएको हो ।

प्रसारण लाइनको टावरका केही उपकरण भारतबाट आइनसकेकाले बैशाखभित्र सञ्चालनमा ल्याउन सम्भवन नभएको आयोजना प्रमुख राजन ढुंगेलले बताए । ‘प्रसारण लाइन यो महिनाभित्र सञ्चालनमा ल्याउने भनेका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘अन्तिम चरणको काम ठेकेदारले नसकेकाले फेरि पनि धकेलियो ।’

उनले ठेकेदारले प्रसारण लाइन सञ्चालन गर्न असार पहिलो सातासम्मको समय मागेको बताए । ठेकेदारको असक्षमताका कारण नै ११ वर्षमा पनि प्रसारण लाइन सम्पन्न गर्न नसकेको उनले बताए ।

स्थानीय अवरोधका बीच प्रसारण लाइनको काम अन्तिम चरणमा पुर्याएको ढुंगेलले बताए । ‘हामीले त ठेकेदारले दिएको तालिकाअनुसार नै प्रसारण लाइन सञ्चालनमा आउँछ भन्ने हो । तर, आजसम्म सम्पन्न गरेको छैन । अहिले आएर ठेक्का तोड्न पनि नहुने । उसैलाई काम लाउनु पर्ने बाध्यताले झन झन ढिलो भइरहेको छ ’ उनले भने ।

स्थानीय अवरोधले सिन्धुपाल्चोकमा प्रसारण लाइनकका २ वटा टावर ठड्याउन सकिएको छैन । केही स्थानमा तान्न पनि बाँकी छ ।

प्रसारण लाइनको निर्माण लम्बिँदा २५ मेगावाटको सिंगटी खोलाको विद्युत अझै डेढ महिना खेर जाने भएको छ । प्रसारण लाइन नहुँदा सिंगटीको प्रवद्र्धकले अहिलेसम्म विद्युत बिक्रीबाट हुने ६६ करोड रुपैयाँ बराबरको आम्दानी गुमाइसकेको छ ।

प्रसारण लाइन सञ्चालनमा नआएकै कारण १० मेगावाटको सिप्रिङ र ५ मेगावाटको घट्टे खोला पूर्ण क्षमतामा चल्न पाएका छैनन् । प्रसारण लाइनको समस्याले नै ४० मेगावाटको खानीखोला–१ र ११ मेगावाटको तल्लो खारे खोलाको निर्माण पनि लम्बिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३