काठमाडौँ । आरती पावर कम्पनी लिमिटेडले शुक्रबार नवौँ साधारण सभा आयोजना गर्ने भएकाे छ ।
कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार साधारणसभा हुन लागेको हो । दिउँसो २ बजे हुने साधारणसभामा सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासनबारे छलफल हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार साधारण सभामा अध्यक्षबाट आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको प्रतिवेदन प्रस्तुत छलफल गरी पारित गरिने छ ।
त्यस्तै, कम्पनीको शेयर पुँजीको समूहगत वगर्गीकरण संसोधन गर्न कम्पनीको प्रबन्धपत्रको दफा ६ को उदफा ‘घ’ संसोधन गर्ने विषयमा पनि छलफल हुने छ ।
कम्पनीको सञ्चालक समिति चयन गर्ने सम्बन्धमा छलफल हुने छ । लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा समेत छलफल हुने कम्पनीले जनाएको छ ।